
डोटी । सेती नदिमा बगेर एक महिला वेपत्ता भएकी छन् । सोमबार शिखर नगरपालिका – ६ कोट बस्ने अन्दाजी ३२ वर्षकी तुलसी बलायर गाउँ नजिकै सेती नदिमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।
सोमबार बिहान ९:३० बजेतिर सेती नदिमा एक लिटरको बोतल लगेर पानी लिन गएको बेला चिप्लिएर नदिमा खस्दा बेपत्ता भएको प्रहरी निरीक्षक बोहराले बताए ।
‘महिला बगेको देखेपछि स्थानीयले हामीलाई खबर गरेका थिए । खोजी कार्यकामा सहभागी तिल्ताली प्रहरी चौकीका असई रघुनाथ ओझाले भने,’ सालमुनि नजिक रहेको झोलुङ्गे पुल तल बगेको स्थानमा खोजी गरेउ भेटाउन सकिएन ।
बेपत्ता महिलाकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीहरुले खोजी कार्य जारी राखेको जनाईएको छ ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...