२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

सेती नदीमा बगेर महिला बेपत्ता

डोटी । सेती नदिमा बगेर एक महिला वेपत्ता भएकी छन् । सोमबार शिखर नगरपालिका – ६ कोट बस्ने अन्दाजी ३२ वर्षकी तुलसी बलायर गाउँ नजिकै सेती नदिमा बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।

सोमबार बिहान ९:३० बजेतिर सेती नदिमा एक लिटरको बोतल लगेर पानी लिन गएको बेला चिप्लिएर नदिमा खस्दा बेपत्ता भएको प्रहरी निरीक्षक बोहराले बताए ।

‘महिला बगेको देखेपछि स्थानीयले हामीलाई खबर गरेका थिए । खोजी कार्यकामा सहभागी तिल्ताली प्रहरी चौकीका असई रघुनाथ ओझाले भने,’ सालमुनि नजिक रहेको झोलुङ्गे पुल तल बगेको स्थानमा खोजी गरेउ भेटाउन सकिएन ।

बेपत्ता महिलाकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीहरुले खोजी कार्य जारी राखेको जनाईएको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७७ भाद्र २९

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP