२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

धनगढीमा स्थापना गरिएको मिनी जु मा अजिंगर राखियो

धनगढी- धनगढी उपमहानगरपालिका वडा नं ४ मा रहेको शिवपुरी सामुदायीक बनमा स्थापना गरिएको घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्रमा सोमबार अजिंगर राखिएको छ ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अजिंगरको राखेका हुन । अजिंगर राख्ने कार्यक्रममा सव डिभिजन कार्यालय धनगढीका प्रमुख रामअवतार चौधरी, शिवपुरी सामुदायीक बनका अध्यक्ष बुद्धी खड्का लगायतको उपस्थीति रहेको थियो । यस अघि नै यहाँ एक वटा रतुवा र एक वटा चित्तललाई राखिएको छ ।

धनगढीमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले घाईते तथा टुहुरा बन्यजन्तु आरक्षण केन्द्र स्थापना गरिएको नगरप्रमुख वडले बताए । उनले भने, यहाँ जनावरहरुको संख्या थप गरिदै लगिने छ । घाईते तथा टुहुरा बन्यजन्तुको यस आरक्षण केन्द्रमा उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने छ नगरप्रमुख वडले भने, बन्यजन्तु हेर्न आउनेहरुका लागि यो ठाउँ खुला पनि गरिने छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ भाद्र २९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP