२०८३ असार १०, बुधबार
June 24, 2026, Wednesday

भारतीय मिडियाको तुच्छ मनोविज्ञान

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतीय मिडियाको प्रस्तुति निकै तल्लो स्तरको देखिएको छ। ओली सरकारका निर्णयप्रति असन्तुष्ट नयाँ दिल्ली संस्थापनको मनोविज्ञानलाई खुसी पार्ने एवं शदियौंदेखि सांस्कृतिक–सामाजिक–आर्थिक अन्तरसम्बन्धमा गाँसिएको छिमेकी मुलुकलाई खिस्याउने मनोवृत्तिबाट भारतीय मिडियाप्रेरित छन्।

यसबाट नेपाल र भारतबीच जनस्तरमा रहेको भातृत्व र सहयोगको वातावरणमा नकारात्मक असर पर्नेमा न भारतीय मिडिया सचेत छन् न यस्तो गर्नु, गराउनु हुन्न भन्नेमा भारतीय सरकार पक्ष नै गम्भीर छ।

यदाकदा राजनीतिक कारणले द्विपक्षीय सम्बन्धमा आउने उतारचढावलाई वार्ता र विवेकबाट सल्टाउनुपर्नेमा मिडियाहरूको यस्तो गैरजिम्मेवारी र भारत सरकारको उदासिनता चिन्ताको विषय हो।

यस्तो व्यवहारले नेपालमा भारतविरोधी ‘सेन्टिमेन्ट’ बढेको भन्ने भारतीय संस्थापनको सरोकारमै अन्तर विरोध देखाउँछ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ भाद्र २७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP