नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतीय मिडियाको प्रस्तुति निकै तल्लो स्तरको देखिएको छ। ओली सरकारका निर्णयप्रति असन्तुष्ट नयाँ दिल्ली संस्थापनको मनोविज्ञानलाई खुसी पार्ने एवं शदियौंदेखि सांस्कृतिक–सामाजिक–आर्थिक अन्तरसम्बन्धमा गाँसिएको छिमेकी मुलुकलाई खिस्याउने मनोवृत्तिबाट भारतीय मिडियाप्रेरित छन्।
यसबाट नेपाल र भारतबीच जनस्तरमा रहेको भातृत्व र सहयोगको वातावरणमा नकारात्मक असर पर्नेमा न भारतीय मिडिया सचेत छन् न यस्तो गर्नु, गराउनु हुन्न भन्नेमा भारतीय सरकार पक्ष नै गम्भीर छ।
यदाकदा राजनीतिक कारणले द्विपक्षीय सम्बन्धमा आउने उतारचढावलाई वार्ता र विवेकबाट सल्टाउनुपर्नेमा मिडियाहरूको यस्तो गैरजिम्मेवारी र भारत सरकारको उदासिनता चिन्ताको विषय हो।
यस्तो व्यवहारले नेपालमा भारतविरोधी ‘सेन्टिमेन्ट’ बढेको भन्ने भारतीय संस्थापनको सरोकारमै अन्तर विरोध देखाउँछ।
कांग्रेसको जगमा टेकेर कम्युनिष्टहरूले खलनायकको चरित्र देखाए : कांग्रेस सचिव जोशी डोटी – नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले कम्युनिष्टहरूले...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...