२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

एक हजार घुसका आरोपी आत्महत्यापछि निर्दोष ठहर

काठमाडौँ – विशेष अदालत काठमाडौँले एक हजार घुसका आरोपीलाई आत्महत्यापछि सफाइ दिएको छ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले एक हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेका भक्तपुर कटुञ्जे निवासी मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीलाई सफाइ दिएको हो।

आयोगले सेवाग्राहीसँग एक हजार रुपैयाँ घुस लिएको सिसिटिभी फुटेजका आधारमा सुवेदीलाई गत वर्ष साउन २२ गते कार्यालयमा बोलाएर ४२ दिन थुनामा राखी अनुसन्धान गरेको थियो।

भदौ ३१ गते धरौटीमा छुटेका सुवेदीले गत वर्ष असोज ६ गते आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए।

उक्त मुद्दाको सुनुवाईका क्रममा गत असार ३० गते विशेष अदालत काठमाडौँले उनलाई सफाइ दिने फैसला गरेको अदालत स्रोतले जानकारी दियो। स्रोतका अनुसार सिसिटिभी फुटेजका आधारमा दायर गरिएको मुद्दालाई न्यायाधीशहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले ‘प्रमाण नपुग्ने’ भन्दै सफाइ दिने ठहर गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३३ मा कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा त्यस्तो मुद्दा खारेज हुने व्यवस्थाअनुसार अदालतले सुवेदीलाई निर्दोष ठहर गर्दै मुद्दा खारेज गरेको छ।

आयोगले साना कर्मचारी र पहुँचविहीनलाई सामान्य प्रमाणकै आधारमा मुद्दा दायर गर्ने गरे पनि ठूला पहुँचवाल र भ्रष्टाचारका आरोपीमाथि भने छानबिन नै नगरी मुद्दा तामेलीमा राख्ने निर्णय गर्दै आएको छ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७७ भाद्र २७

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP