२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

डडेल्धुराको सरकारी अस्पतालमा पिसिआर परीक्षण गर्दा साढे २ हजार रुपैयाँ, वीरगन्जमा ५ हजार ५ सय

विवेक राई / सेतोपाटी, काठमाण्डौं – सरकारी अस्पतालहरूले नै सशुल्क पिसिआर परीक्षण गर्दा फरक-फरक शुल्क लिने गरेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूले सशुल्क परीक्षण गर्दा अधिकतम ४ हजार रुपैयाँ लिन पाउने भने पनि केही सरकारी अस्पतालले त्योभन्दा बढी रकम असुल्ने गरेका छन् भने केहीले थोरै पैसामा पनि परीक्षण गरिरहेका छन्।

आफ्नै प्रयोगशाला नभएका अस्पतालले स्वाब संकलन गरेर परीक्षण गराउन पठाए ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सरकारले तोकेभन्दा १५ सय कम शुल्कमा परीक्षण गर्दै आएको छ। अस्पतालक सूचना अधिकारी दीलिप श्रेष्ठले सशुल्क परीक्षणका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको बताए।

उनले अहिले दैनिक औसत १० जना व्यक्तिले सशुल्क परीक्षण गराउँदै आएको जानकारी दिए।

अस्पताल व्यवस्थापन कमिटीले नै २ हजार ५ सय शुल्क तोकेको र त्यसैमा परीक्षण गर्दै आएको उनले जानकारी दिए। 

परीक्षण शुल्क कम गरिए पनि यसबाट घाटा भने नभएको श्रेष्ठको भनाइ छ। उनले परीक्षणका लागि आवश्यक सबै किट पनि सरकारी मापदण्डअनुसारकै प्रयोग गरिएको जनाए।

‘हामीले रिएजेन्टदेखि आवश्यक सामग्री सबै यहीँ कन्ट्रयाक्टरबाट खरिद गर्छौं  तर ती सबै सरकारी मापदण्ड अनुसारकै छन्,’ श्रेष्ठले भने।

डडेल्धुरा अस्पतालले पनि सशुल्क पिसिआर परीक्षणको शुल्क २ हजार ५ सय रुपैयाँ नै तोकेको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद धिताल भन्छन्, ‘धनगढी, नेपालगन्जमा पनि २५ सय नै तोकिएको छ। एक रूपता बनाउन यहाँ पनि २५ सय नै तोकिएको हो।’

उनले अहिलेसम्म प्रयोगशालामा सशुल्क परीक्षण गराउन कोही नआएको भए पनि कोही आए २ हजार ५ सयमै परीक्षण गरिने जनाए।

पुरा समाचार पढ्नुहोस्

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ भाद्र २६

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP