२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

सुदूरपश्चिम प्रदेश सरकार बिपद व्यवस्थापनमा चुक्यो: काँग्रेस संसदीय दल

धनगढी- बिपद व्यवस्थापनमा सुदूरपश्चिम प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै नेपाली काँग्रेसको संसदीय दलले आपत्ति जनाएको छ । कोरोना महामारी,बाढी, पहिरो लगायतका अन्य विपदले महामारीको रूप लिँदै गइरहे पनि यसको व्यवस्थापनमा प्रदेश सरकार गम्भीर बन्न नसको भन्दै संसदीय दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

मगलवार मुख्यमन्त्री कार्यालयमै पुगेर प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेशको संसलिय टोलीले मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गरेको हो । विपद् व्यवस्थापनमा गम्भीर बन्न मुख्यमन्त्री भट्टलाई नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले सुझाव दिए ।बाढी,पहिरो पीडितहरूलाई तत्काल राहत र घाइतेको यथाशीघ्र उपचार गरिनुपर्ने बताए । बाढी,पहिरोले क्षतीगस्त भएका संरचनाहरूलाई निर्माण गर्न तर्फ पनि ध्यान दिन उनले आग्रह गरे ।प्रदेश सरकारको लाचारताका कारण कोरोनाको सङ्क्रमण फैलिँदै गएको भन्दै उनले तत्काल परीक्षणको दायरा बढाइनु पर्ने बताए । प्रदेशका चारवटै नाकामा होल्डीङ सेन्टर स्थापना गर्न पनि रावलले सुझाव दिए ।

प्रदेश सरकारले योजना बाडफाडमा पनि विभेद गरेको भन्दै उनले आपत्ति जनाए ।प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेको दाबी गरे । बाढी,पहिरो पीडितको स्थलगत अनुगमनगरी क्षतिको सङ्कलन र राहत वितरण भइसकेको उनले दाबी गरे ।

बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको दिर्र्घकालिन व्यवस्थापनका लागी बस्ती विकास कार्यक्रममा जोड दिइने मुख्यमन्त्री भट्टले बताए ।कोरोना व्यवस्थापनमा पनि प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको उनले दाबी गरे ।परीक्षणको दायरा बढाउन प्रदेश सरकारले प्रदेशका ३ ठाउँमा पिसिआर मेसिन स्थापना गरिसकेको र थप तिन ठाउँमा जडानको तयारी भइरहेको उनको भट्टले बताए ।

साथै मुख्यमन्त्री भट्टले योजना बाँडफाँडमा कुनै विभेद नभएको स्पष्ट पारे । कोरोनाले रोजगारी गुमाएकाहरूलाई अवसर प्रदान गर्न सरकारको ध्यान अहिले केन्द्रित भइरहेको भन्दै मुख्यमन्त्री भट्टले केही सम्बन्धित मन्त्रालयहरूले पनि सोही अनुसार काम गरिरहेको बताए ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ भाद्र २३

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP