डोटी – कोरोना भाइरस (कोभिड १९)का कारण विश्व नै आतंकित भएको बेला डोटी जिल्लामा मास्कको अभाव देखिएको छ । बजारमा मास्क खोज्नेको संख्या बढेको छ तर बजारभरी मास्क छैन ।
डोटीका अस्पताल तथा मेडिकलहरुमा समेत मास्क नपाएको गुनासो बढ्दै गएको छ । ‘केही थान मास्क ल्यायर छिमेकीलाई बितरण गरौ भनेको जिल्लाभर घुम्दा समेत मास्क भेटिएन’ दिपायलका व्यापारी रमेश जोराले गुनासो गरे ।
जिल्लाका बिभिन्न अस्पतालहरुमा आइसोलोसन कक्षा राखेको बताए पनि जिल्लामा सामान्य मास्कको समेत अभाव देखिदै आएको छ । व्यापरिहरुले आफुले नै मास्क खरिद गर्न नपाएको गुनासो गर्दै आएकाछन् । पहिला मास्कहरु कटाउँनै मुस्किल हुन्थ्यो अहिले कोरोना फैलिए देखी मास्क नै आउन छाडको छ, ‘दिपायलका व्यापारी मान साउँदे भने मास्क मात्रै होइन अन्य सामग्रीहरु पनि आउँन छाडेको छ ।’
पछिल्लो समय फार्मेसीहरुमा समेत मास्क आउँन छाडेको छ । पुरानो स्टक मास्क सकिन पछि मास्क नै पाउँन मुस्किल भएको फार्मेसी सञ्चालकहरु बताउँछन् ।
डोटीमा मास्का मात्रै नभएर खाना पकाउँने ग्यासको पनि कृतिम अभाव हुनथालेको छ । छिमेकी मुलुक भारतमा कोरोना फैलिएपछि ग्यास नपाउँने डरले होष्टेल, होटल तथा स्थानियले अग्रीम ग्यास खरिद गरेपछि बजारमा ग्यासको अभाव देखिएको हो । नाका बन्द हुने डरले दैनिक उपभोग्यका सामग्रीहरुको अभाब हुनुका साथै मुल्य समेत बृद्धि भएको छ । जिल्लामा तरकारीको मुल्य दोब्बरले बृद्धि भएको छ ।
‘पहाडी जिल्लाहरुमा मास्कको व्यापार त्यति धेरै मात्रामा हुन्थ्येन अहिले आवस्यक परेको समयमा पाउँन गाह्रो छ ।,‘ प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने,‘यसको बैकल्पीक उपाय खोज्नु पर्छ ।’ मास्क नपाउँने समस्या सबै ठाउँछ । यहाँको मुख्या व्यापारिक केन्द्र धनगढीबाटै व्यावरीहरुले नपाउँने अवस्था छ । उनले भने,‘यहाँका स्थानीय सरकार संग समन्वय गरेर स्थानिय तहमै मास्क उत्पादन गर्ने प्रबन्ध मिलाउँन समन्वय गर्छु ।
स्थानिय तह अन्तरगतका स्वास्थ्य शाखाहरु, स्वास्थ्य चौकीहरुमा समेत मास्कको अभाव देखिएको छ । कोरोना संक्रमणले विश्वव्यापी रुप लिदै गर्दा डोटी लगायत सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत मास्कको अभाव देखिएको छ ।
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...