२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

वैकल्पिक शिक्षणको खोजिमा शिखर नगरपालिकाका शिक्षक

डोटी-कोरोना भाइरसको संक्रमण र भाइरसका कारण जारी लकडाउनले गर्दा शिक्षा क्षेत्रका गतिबिधि ठप्प छन् । यो बीचमा बालबालिकाहरुको नियमित पठनपाठनमा अबरोध हुनुका साथै शिक्षण पेशामा आबद्ध धेरै ब्यक्तिहरु वेरोजगार बनेका छन् । लकडाउनका कारण शिक्षा क्षेत्रमा परेको असर समाधानका लागि धेरै ठाउँमा, रेडियो, टेलिभिजन, अनलाईन लगायतका वैकल्पिक्ष शिक्षण बिधिहरु प्रयोगमा आएकाछन् ।

यसै क्रममा शिखर नगरपालिकाका शिक्षक तथा शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरुले वैकल्पिक शिक्षणको खोजि गरिरहेका छन् । नगरमा सामुदायिक तथा नीजि बिद्यालयमा कार्यरत शिक्षक तथा शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरुले ‘शिखर लर्न एण्ड सेयर कोर ग्रुप’ गठन गरेर वैकल्पिक शिक्षाका लागि, खोज, अध्ययन, सिकाई र योजना आदान प्रदान, तालिम तथा स्थानीय सरकार, शिक्षा क्षेत्रमा काम गर्ने संघसंस्था र विज्ञ व्यक्तिहरुसंघ समन्वय र छलफल गरिरहेका छन् ।

शनिबार गु्रपले भिडियो कन्फरेन्स मार्फत शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरेको थियो । शिखर लर्न एण्ड सेयर कोर ग्रुपका अध्यक्ष तथा शिक्षक शेरबहादुर कठायतको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरका वि.नि. शेरबहादुर कार्की, सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशी विशिष्ठ अतिथि थिए । कार्यक्रममा नगरका विभिन्न विद्यालयमा कार्यरत ३५ जना शिक्षकहरुको सहभागीता रहेको कार्यक्रम सहजकर्ता कृष्णराज पाठकले जानकारी दिए ।

कार्यक्रममा कोभिड १९ का बीच शिक्षण सिकाईलाई कसरी सहजिकरण गर्न सकिन्छ, यो वैकल्पिक शिक्षण के हुनसक्छ, नगरको शैक्षिकस्तर उकास्न गैरसरकारी संस्थाको भुमिका सहयोग, स्थानिय सरकारको भुमिका र सहयोग, शिक्षकको पेशागत विकास तथा वृत्ति विकास लगायतका विषयमा छलफल भएको संयोजक कठायतले बताए ।

अवको शिक्षा प्रणाली डिजिटलमा बढी केन्द्रित हुने भएकाले शिक्षकले नै यसबारे बढी जानकारी लिने, सिक्ने र सिकाउने कुरामा केन्द्रितहुनु पर्ने विद्यालय निरिक्षक कार्कीले बताए । उनले भने,‘नगरमा शिक्षक साथिहरुले भिडियो कन्फरेन्स मार्फत वैकल्पिक शिक्षणका लागि पहल गरिराख्नु भएको छ । उहाँहरुले एक आपसमा सिकेका कुराहरु साटासाट गर्दै हुनुहुन्छ । एक आपसबाट सिकेका कुराहरु र प्रविधिको प्रयोगमा दखल राख्यो भने भोलिका दिनमा बिद्यार्थिहरुलाई शिक्षण गराउन पनि सजिलो हुन्छ । हामिले नगरबाट पनि वैकल्पिक शिक्षाका लागि योजना बनाईराखेका छौं उहाँहरुसंग समन्वय गरेर अघि बढ्छौं ।’

नगरमा कार्यरत शिक्षकहरुले बनाएको ठोस योजना, ठोस विकल्पलाई नगरपालिकाले साथ दिने र सहयोग गर्ने नगरप्रमुख जोशीले बताए । नगरको शिक्षा क्षेत्र र वैकल्पिक शिक्षाका विषयमा आफु पनि चिन्तित रहेको बताउँदै उनले शिक्षकहरुले गरेको पहलको प्रशंसा गरे । ‘कोभिड १९ ले शिक्षा क्षेत्र तहस–नहस भएको छ । बालबालिकाहरु घरमै थन्किएकाछन्, नगर प्रमुख जोशीले भने,‘यसको वैकल्पिक उपाय के हुन सक्छ ? कसरी धेरै भन्दा धेरै बिद्यार्थीहरुलाई समेटेर शिक्षा दिन सकिन्छ तपाइहरु योजना बनाउँनुस् नगरबाट पुर्ण सहयोग हुन्छ ।’

सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले नगरमा शिक्षा क्षेत्रको विकास र समन्वय सहकार्यका लागि आफुहरु पनि साथमा रहेको बताए । कोभिडका कारण लामो समय देखि घरमा थुनिएका बालबालिकाहरुका लागि वैकल्पिक शिक्षा आजको आवस्यकता रहेको बताए ।

ग्रुपले बिभिन्न संघ संस्था तथा विज्ञहरु संगको समन्वयमा वैकल्पिक शिक्षा, प्रविधिको प्रयोग, गुणस्तिरिय शिक्षा लगायतका विषयमा भर्चुअल माध्यमबाट तालिम पनि सञ्चालन गर्दै आइरहेको छ ।

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ भाद्र २१

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ भाद्र २१

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ भाद्र २१

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP