२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

डोटीमा भाद्र २८ गते सम्मका लागि निषेधाज्ञा थपियो

डोटी । डोटीमा निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले आदेश जारी गर्दै आजका मिति देखि भाद्र २८ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी रहने जनाएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको आईतबार बसेको बैठकको निर्णय र सिफारिस बमोजिम एकहप्ताका लागि निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी आदेश उल्लेख छ ।

यस अघि जारी निषेधाज्ञाले कोभिड १९ नियन्त्रण र फैलिन नदिन प्रभावकारी बनेको भन्दै संक्रमणको जोखिम क मगर्न पुनः निषेधाज्ञालाई निरनतरता दिनुपर्ने आवस्यकता महशुस गरी उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि भाद्र १४ गतेदेखि २१ गतेसम्म सात दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सेवा ठप्प रहने जनाएको छ । सरकारले देशभर संक्रमण बढ्न थालेपछि निषेधाज्ञाको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । त्यसै अनुरुप जिल्लाभित्र कोभिड १९ को बढ्दो स्थितिलाई मध्यनजर गरी संक्रमण फैलिन नदिन रोकथाप, नियन्त्रण तथा उपचार सम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको हो ।

प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा जारी आदेशमा अत्यावश्य सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग ब्यापार, ब्यवसाय, यातायात बन्द गर्न भनिएको छ ।

प्रशासनले निषेधाज्ञाका समयमा औषधि खाध्यवस्तु अन्य अत्यावश्यक उपभोग्यवस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरवाहिर निस्कन नपाउने जनाएको छ । अत्यावश्यक कामका लागि घरवाहिर निस्किनै पर्ने अवस्थामा अनिवार्य मास्क सेनेटाइजर प्रयोग गर्नु पर्ने र तोकिएको न्यूनतम भौतिक सामाजिक दुरी कायम गर्नु पर्ने छ । दैनिक उपभोग्यवस्तुहरु खाद्यान्न, मासु पसल, डेरी, तरकारी फलफुल पसलहरु विहान ६ बजे देखि १० बजे सम्म दैनिक ४ घण्टा मात्रै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक दुरी कायमगरी सञ्चालन हुने छन् ।

यस क्रममा जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका साधनमा समेत रोक लगाइएको छ । जिल्लामा मेला, पर्व, जात्रा, आमभेला, सभा सम्मेलन भेलामा समेत रोक लगाईएको छ ।

प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने उपर रोग संक्रमक ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही अगाडी बढाइने जनाएको छ । जारी आदेशमा जिल्लामा अत्यावस्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ भाद्र २१

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ भाद्र २१

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ भाद्र २१

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP