२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

मन्दिर निर्माणका लागि श्रम र सहयोग जुट्दै

डोटी- दिपायल सिलगढी नगरपालिका–४ कुमालिकोटका स्थानीयवासीले चन्दा र श्रमदानबाट मन्दिर निर्माण कार्य गरिरहेका छन् । गाउँको बीचमा रहेको भगवती, कालिका मन्दिरलाई धार्मिक तथा पर्यटकिय स्थल बनाउँने गरी मन्दिर क्षेत्र निर्माण कार्य भैरहेको छ ।

स्थानीयवासी मन्दिर क्षेत्र निर्माणका लागि अग्रसर बनेपछि विभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ । मन्दिरको क्षेत्रफल बढाउनका लागि स्थानीय मेख बहादुर कठायतले मन्दिरका नाममा जग्गा दान गरेका छन् ।

शनिबार मन्दिर परिसरमै पुगेर के.आई.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले २१ हजार एक सए २१ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै नेपाली काँग्रसे जिल्ला कार्यसमिति सदस्य जीत खड्काले ३१ कट्टा सिमेण्ट बराबर २५ हजार सहयोग गरेको भगवती मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष भोज कठायतले जानकारी दिए ।

शनिबार नै मन्दिर परिसरमै पुगेर नेपाली काँग्रसका क्षेत्रीय सभापति तथा नगरका छायाँ मेयर विजय खड्काले १२ हजार ५ सय नगद सहयोग गरेका छन् । वडा नं. ४ का वडाअध्यक्ष तथा नेपाली काँग्रेस डोटीका सचिव बिरेन्द्र शाहले १५ हजार ५ सय, दिसिनपा २ का वडाअध्यक्ष राजेन्द्र खड्काले १० कट्टा सिमेण्ट, केआईसिंह गाउपालिका वडा नं. ७ का वडाअध्यक्ष हर्क विष्टले ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस अघि अछाम जिल्ला अदालतका रजिष्टार इन्द्र कठायतले मन्दिर निर्माणका लागि २० हजार ५ सय रुपैंया सहयोग गरेका थिए ।

मन्दिर निर्माणका लागि स्थानीयहरुले आफ्नो तर्फबाट हुने आर्थिक तथा भौतिक श्रमदान लगायतको सहयोग गर्दै आएका छन् । प्रवासमा हुने नेपालीहरुले पनि निर्माणका लागि सहयोग गर्दै आएको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ भाद्र २०

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP