२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

बाँदरको अभावले अमेरिकालाई भ्याक्सिन निर्माणमा चुनौती

पछिल्ला ७ महिनामा १  सयभन्दा धेरै कोभिड–१९ भ्याक्सिन, विभिन्न थेरोपी र औषधीहरु विकासको चरणमा छन् । यी सबै उपचार मानिसअघि पहिले बाँदरमा प्रयोग हुन्छ । र, अहिले अमेरिकाका वैज्ञानिकहरु समस्यामा छन् किनकि त्यहाँ पर्याप्त बाँदर छैन ।

‘राष्ट्रव्यापी रुपमा यहाँ निकै ठूलो संकट छ,’ क्यार्लिफोनिया नेशनल बाँदर अनुसन्धान केन्द्रस्थित संक्रामक रोगबारेका वैज्ञानिक कोइन भान रोम्पेले भने । अमेरिकामा बाँदरको अनुसन्धान महंगो छ र कहिलेकाँही अनुसन्धानलाई लिएर विवाद पनि हुन्छ । सामान्य अवस्थामै यो चुनौतीपूर्ण थियो ।

अहिले महामारीका कारण अनुसन्धानका लागि बाँदर फेला पार्न थप कठिन छ । ‘हामी कुनै पनि बाँदर भेट्टाउन सक्दैनौं । उनीहरु पूर्ण रुपमा गायब छन्,’ जनावरमा परीक्षण गर्ने संस्था बायोक्वेलका सिआईको मार्क लेविसले भने । उनका अनुसार विभिन्न संस्थाका वैज्ञानिक र उद्योगहरु सिमित बाँदरमै अध्ययन गर्न बाध्य छन् ।

अभावका कारण यस्ता छन् ।

पहिलो– कोभिड १९ ले बाँदरको माग बढाएको छ ।

दोस्रो – यही समय चीनबाट बाँदर आउन छाडेको छ । जबकि, अमेरिका गत वर्ष ३५ हजार बाँदरमध्ये ६० प्रतिशत चीनबाट आयत गरिएको थियो ।

तेस्रो – महामारीसँग सम्बन्धित घटनाले त्यहाँ रहेका बाँदरहरु पनि संकटमा छन् ।

सन् २०१८ मै नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले सार्वजनिक गरेको रिपोर्टमा ‘राष्ट्रिय बाँदर केन्द्रहरुले भविष्यको माग भेट्न सक्ने छैनन्’ भनेर उल्लेख गरिएको थियो । अनपेक्षित महामारी फैलिएका बेला औषधीको परीक्षणका लागि बाँदर उपलब्ध गराउन ‘रणनीतिक आरक्षण केन्द्र’ आवश्यक रहने रिपोर्टमा उल्लेख छ ।

अहिले हामीसामु अनपेक्षित महामारी छ, तर रणनीतिक बाँदर आरक्षण क्षेत्र कहिल्यै बनेन ।

त्यस्तै, अमेरिकामा एनिमल बायोसेफ्टी लेभल ३ ल्याब पनि सीमितमात्रै छन्, कोभिड–१९ संक्रमित बाँदरहरुलाई राख्नका लागि यस्ता ल्याब चाहिन्छ । जहाँ, किटाणुको रोकथामका लागि आवश्यक भेन्टिलेसनसहित विशेष डिजाइन गरिएको छ । 

भान रोम्पेका अनुसार कोभिड–१९ को खोप तथा औषधि परीक्षण गर्न खोज्ने कम्पनीहरुबाट साप्ताहिक रुपमा उनलाई फोन र इमेल आइरहन्छ । अनुसन्धान र उद्योगका रुपमा काम गर्ने एनआईएचको लगानी रहेका ७ वटा बाँदर केन्द्रमध्ये रोम्पे कार्यरत एक हो ।   ‘मैले उनीहरुलाई भन्नुपर्छ, म माफी चाहन्छु, हामीलाई तपाईको रिसर्च सुरु गर्ने अनुमति छैन,’ उनी भन्छन् ।

पुरा समाचार पढ्नुहोस्

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७७ भाद्र १९

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP