काठमाडौं– कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या दुई सय नाघेको पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो।
केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
हिजो शुक्रबार १२ जनाको मृत्यु भएको थियो।
अस्ति बिहीबार ८ जना, बुधबार ११ जना संक्रमितको मृत्यु भएको थियो। त्यसैगरी मंगलबार ७ जना, सोमबार ८ जना र आइतबार ३ जना संक्रमितको मृत्यु भएको थियो।
नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
१७५ जना कोरोना संक्रमित आईसीयूमा, २२ जना भेन्टिलेटरमा
देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्।
त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५ जना संक्रमित छन्।
हिजो शुक्रबार २२ जना संक्रमित भेन्टिलेटरमा र १६४ जना आईसीयूमा थिए।
डोटी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध डोटी लगायत देशभर विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको असंवैधानिक...
डोटी– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले डाँका, लुटेरा र अपराधीको हातमा देश गएको बताएका छन् । नेपाली...
डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्लाको भ्रमणमा रहेकाछन् । यस क्रममा उनलाई जिल्लाका बिभिन्न गाउँहरुमा बाजागाजा...