२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

कैलालीमा भदौ १९ सम्मका लागि निषेधाज्ञा थपियो : यस्तो छ सिडियोको आदेश

धनगढी-कैलाली जिल्लामा लागु गरिएको निषेधाज्ञाको समय ५ दिन थप गरिएको छ । भोलि (आइतबार) रातिसम्म कायमै रहेको निषेधात्रा बढाएर भदौ १९ गते रातिसम्म निरन्तरता दिने आदेश कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शनिबार जारी गरेका छन् ।

यसअघि भदौ ४ गते राति १२ बजेदेखि भदौ १४ गते रातिसम्म निषेधाज्ञा जारी लागु गरिएको थियो । पहिलो पटक लागु गरिएको निषेधाज्ञा सकिन अझै एक दिन बाँकी नै छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भदौ ४ गतेदेखि जारी निषेधाज्ञा प्रभावकारी भएकोले कोरोनाको जोखिम न्युनीकरण गर्न जिल्लाभर लागु हुने गरि निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ भाद्र १३

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP