२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

गाउँका मदिरा पसलमा महिलाको छापा : प्रशासनको उपस्थिति न्यून

मदिरा बिक्रिवितरण गरेको भन्दै स्थानीय व्यापारीको घरमा महिलाको घेरा

डोटी- शिखर नगरपालिका वडा नं. ३ जोरागाउँमा एक जना व्यापारीले राती लुकीछिपी मदिरा बिक्रि गरेको गोप्पे सूचना चुहावट हुन्छ । सूचना पाएपछि बिहानै गाउँका ३० देखि ४० जना महिलाहरुको एक हुल कराउँदै सो पसल तिर लाग्यो । हुलको नेतृत्व गरेकी थिईन् कालाढुङ्गा महिला समुहकी कोषाध्यक्ष नरपता जोराले ।

केही समय अघि देखि नै गाउँमा मदिरा बिक्रि बितरण तथा सेवन गरेर हल्ला गर्न रोक लगाईएको रहेछ । मदिरा नियन्त्रणका लागि गाउँका महिलाहरु एकजुट भएर कालाढुङ्गा महिला समुह गठन गरी रोक लगाइएको स्थानीयहरु बताउँछन् । महिलाहरुको त्यो अभियानमा युवाहरुले पनि साथ दिएका थिए । महिला समुहलाई आधिकारीकता दिन त्यहाँका युवाहरुले माइनुट गर्ने देखि समुहलाई दर्ता गर्न मदत गर्ने गरेका छन् ।

पछिल्लो समय महिलाको सक्रियताले गाउँमा व्यापारीहरुले मदिरा बिक्रि वितरण गर्न छोडी सकेका छन् । लुकीछिपी मदिरा बिक्रिवितरण गर्ने व्यपारीको घर पसल घेराउगरी मदिरा नियन्त्रणमा लिने देखि जरिवाना गर्ने जस्ता कार्यमा महिलाहरुले सक्रियता देखाएका छन् । मदिराका कारण महिलाहरु माथि घरेलु हिंसा हुने, मदिरा सेवन गर्ने व्यक्तिहरु भिरबाट खस्ने, आयश्रोत कम भएका परिवारमा सधै कचकच हुने गरेकाले मदिरा नियन्त्रण गर्न महिलाहरु एकजुट भएर लागिरहेको समुहकी अध्यक्ष सविता बैकले बताइन् ।

महिलाहरुले मदिरा नियन्त्रणमा लिएर नस्ट गर्ने र बिक्रिगर्ने ब्यक्तिबाट पहिलो पटकलाई पाँचहजार जरिवाना लिने गरेको समुहकी कोषाध्यक्ष जोराले बताइन् । समुहले बाहिरी गाउँमा मदिरा सेवन गरी आएर होहल्ला गर्ने, घरमा झगडा गर्नेबाट पहिलो पटकलाई दुई हजार जरिवाना लिने र सम्झाई बुझाई गर्नेे निर्णय गरेको छ । दोस्रो पटक पनि पुनः त्यस्तो कार्य गर्नेलाई जरिवाना थप गर्ने र आवस्यक कारबाहीका लागि प्रहरी समक्ष बुझाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार सो दिन पनि मदिरा बिक्रि गरेको भन्दै व्यापारीबाट पाँच हजार जरीवाना र मदिरा नस्ट गरिएको थियो ।

मदिरा नियन्त्रणबाट आएको रकम समुहलाई दर्ता गर्ने देखि प्रशासनिक निकायसंग समन्वय गर्न खर्च गर्ने र बचेको रकम गाउँको हितमा खर्च गरीने कोषध्यक्ष नरपता जोराले बताइन् ।

कोरोनाको समयमा मदिरा पसलमा भिडभाड हुने र मदिरा सेवन गर्ने व्यक्तिहरुबाट संक्रमण फैलिने उच्च जोखिम रहेका कारण पनि मदिरा नियन्त्रण गर्न जरुरी रहेको स्थानीय महिलाहरु बताउँछन् । मदिरा नियन्त्रणका बिषयमा अबका दिनमा प्रशासन र स्थानीय सरकारसंग पनि समन्वय अगाडी बढाउँने अध्यक्ष सविता बैकले बताइन् ।

प्रशासनको उपस्थिति न्यून

महिलाहरुले गाउँमा प्रहरी प्रशासन नपुग्दा मदिरा नियन्त्रणमा आफुहरुलाई कठिन भएको गुनासो गरिन् । आफ्नो गाउँमा मदिरा बिक्रि वितरणमा आफुहरुले रोक लगाएको भएपनि पुरुषहरु नजिकैको छिमेकी गाउँमा गएर मदिरा सेवन गरेर आउने भएकाले समस्या भएको स्थानीय महिला पद्मा जोराले बताइन् ।

ग्रामिण क्षेत्रहरुमा लाइसेन्स विना लेवल विनाका मदिराहरु बिक्रि वितरण भैरको पाइन्छ । जिल्ला तथा स्थानीय तहहरुमा महिलाहरुले जोडतोडका साथ मदिरा नियन्त्रणका लागि आवाज उठाए पनि सम्बोधन भने हुन सकेको छैन । प्रहरी प्रशासन, प्रशासन गाउँमा अनुगमन तथा गस्तिमा निस्किने गरेको पाइदैन । गाउँका किराना पसलहरुले समेत मदिरा खुलेयाम बिक्रि वितरण गरिरहेको पाइन्छ ।

संकटकालको बेला गाउँमा प्रहरी, सेना तथा तत्कालिन माओवादीको आवत जावत हुने र माओबादीले मदिरा नियन्त्रणका लागि पहल गर्ने कारबाही गर्ने गरेकाले मदिरा नियन्त्रण भएको स्मरण गर्दै स्थानीय बृद्धा कुन्तीदेवीले प्रहरी अनुहार नदेखेको धेरै भैसकेको बताइन् ।

गाउँमा ठुलै झगडा भयो, कुटाकुट नै भयो मुद्धा प¥यो भने मात्रै प्रहरी देखिने नत्र गाउँ तिर प्रहरी प्रशासन नपुग्ने गरेको स्थानीयको गुनासो छ । सहर बजार जस्तै गाउँमा पनि हप्ताको दुई दिन प्रहरी गस्ति परिचालन हुनुपर्ने, बजार अनुगमन हुनुपर्ने स्थानीय महिलाहरुको माग छ ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७७ भाद्र १२

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP