२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

देशभरका सबै अदालतहरु बन्द

काठमाण्डौ – आज सर्वोच्च अदालत तथा मातहतका सबै अदालतहरु बन्द गरिने भएको छ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन प्रति समवेदना प्रकट गर्दै उनको शोकमा देशभरका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन पछि बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आज सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने बताएको हो ।

१९८९ साल चैत ३० गते धनकुटा जिल्लामा जन्मिएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । उनी उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए।

Related News

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु
  • २०७६ चैत्र ६

बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...

TOP