२०७८ श्रावण १७, आईतवार
August 1, 2021, Sunday

चारआनाको राहत : बाह्रआनाको भ्रमण खर्च !

हेलिकोप्टर शयरमै लाखौं स्वाहा ! : धान मासेर भाषण : आश्वासनको वर्षा

गौरव पोखरेल

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ ।

स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका थिए । त्यही तस्वीरलाई लिएर थापाको आलोचना भइरहेको छ ।

थापासहितको टोलीमा सांसद शेरबहादुर कुँवर, तारामान कुँवर, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत थिए । उनीहरू सवार नेपाली सेनाको एमआई १७ हेलिकप्टर रामारोसन गाउँपालिका-५ का मने साउदको खेतमा अवतरण गरेको थियो ।

टोलीले २५ कट्टा चामल, १० कट्टा दाल, नुन, तेललगायत राहत बाँडेको थियो । राहत सामग्रीको व्यवस्था रेडक्रस सोसाइटीले गरेको थियो भने केही थान त्रिपाल रावलले पनि बोकेका थिए । रावलले किरिया खर्च भन्दै पीडित परिवारलाई एक लाख रुपैयाँ पनि दिए ।

गृह मन्त्रालय आफैँले २५ जनाभन्दा बढी भेला नहुन र भिड नगर्न निर्देशन दिइरहेको भए पनि मन्त्री थापाले भिडभाडका बीच जनतालाई सम्बोधन गरे । खेतमै बनाइएको मञ्चमा सामाजिक दुरीको पनि ख्याल गरिएन ।

मङ्गलबार आएको बाढीले रामारोसन–५ सैनीबजार बगाउँदा ७ जनाको मृत्यु भएको थियो भने ११ जना बेपत्ता भएका थिए ।

पुरा समाचार पढ्नुहोस् →

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ भाद्र ८

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ भाद्र ८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ भाद्र ८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP