अभिनेता राजेश हमालको विषयमा एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा दिएको अभिव्यक्तिका कारण सामाजिक संजालहरूमा चर्को आलोचनाको सामाना गरेकी अभिनेत्री, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले एक भिडिओ पोस्ट गर्दै आगामी दिनहरूमा आफूले गतिलो पाठ पाएको भन्दै यस्तै गल्ती नदोहोर्याउने बताएकी छन्।
आफ्नो जन्मदिन पारेर आज पोस्ट गरिएको भिडिओमा निरौलाले सो अन्तरवार्ताका क्रममा आफू आवेगमा आउँदा त्रृटि भएको र सो घटनाबाट पाठ सिकेको बताउँदै आगामी दिनहरूमा सतर्क हुने भनाइ राखेकी छन्।
पढ्नुहोस्, भिडिओमा दीपाश्रीले दिएको अभिव्यक्तिः
आदरणीय दर्शक महानुभावहरू नमस्कार!
आज म धेरैपछि फेसबुकमा आको छु, केही नयाँ र केही पुराना कुराहरू लिएर। हजुरहरूले समय दिनुस् है!
हुन त त्यो कुराहरू नगर्दा पनि हुन्थ्यो होला अब। तर पनि मलाई पछिल्ला दिनहरूले के सम्झायो भने समस्याबाट भाग्नुभन्दा समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा हो।
त्यो फिल भएर म फेसबुकमा आको छु।
मेरो २९-३० वर्षको यात्रामा आधी समय त पीडादायी नै भयो तर जब ‘तीतो सत्य’ आयो २०६० सालमा, मैले दर्शकहरूको साथ, मायाले गर्दा खेरि त्यसपछि मैले पछाडि फर्केर हेर्न परेन।
‘तीतो सत्य’को ६ सय भाग, ६-७ वटा चलचित्र ‘छक्का पञ्जा’का १, २, ३ सिरिजले त झन् यति साथ, यति माया, यति सफल बनाइदिनुभयो। एकपछि अर्को सफलता थपिदिनुभो हामीलाई। त्यसको लागि म दर्शकहरूसँग आभार व्यक्त गर्छु, नतमस्तक छु।
कामको सफलता त पाएँ मैले। तर, व्यक्तित्व विकासका कुराहरूमाचाँहि अझै मेरो कमीकमजोरी रैछ। जस्तो की- मिडियामा कसरी फेस हुने, कसरी शिष्ट हुने, सरल हुने, मिडियामा बोल्दाखेरी कसरी चलाखीपूर्ण तरिकाले उत्तर दिने?
यी कुरामाचाँहि अझै मेरो कमजोरी रहेछ, त्यो मैले फिल गरें।
यो कुराले पनि मलाई राम्रै शिक्षा दियो।
जस्तो की ठूलो आँधिबेरी आउँदाखेरी एउटा ठूलो रूखमा कुहिएका फलहरू जसरी झर्छन नि ममा भएको कमीकमजोरीहरू यो घटनाले गर्दा झर्यो।
अब हजुरहरूलाई फेरि त्यो घटनामा लान चाहन्छु एकछिन।
त्यो इन्टरभ्यूमा मैले ३ वटा गल्ती गरें।
पहिलो गल्ती
प्रकाश दाइले, ‘दीपा बैनी इन्टरभ्यूमा आउनुपर्यो भन्नुभयो। मैले दिपकजीलाई दीपकजी म इन्ट्रभ्यूमा जाँदैछु, प्रकाश दाइको प्रोग्राममा भने।’
‘घरमा यति धेरै रस छ बिहाको तयारी भइराछ, इन्टरभ्यूमा जाँदा त तयारीमा जानुपर्छ तिमी भन्दाखेरी’, मैले दीपकजीको कुरालाई पनि बेवास्ता गर्दै टिका लगाको दाइले बोलाको हो, त्यहाँ दाजु र बहिनीको सम्बन्ध थियो भन्दै गएँ, बिना तयारी गएँ, त्यो मेरो पहिलो गल्ती भयो।
दोश्रो गल्ती- मलाई लगातार आरोप लाग्ने प्रश्नहरू, घोचिला पेचिला प्रश्नहरूले गर्दाखेरि, मैले मेरो आवेगलाई कन्ट्रोल नै गर्न सकिन र मेरो बडि ल्याङ्वेजमा समस्या आयो।
तेश्रो एवं अन्तिमको, एकदमै प्रमुख गल्ती मेरो- मिडियामा मैले कुटनीतिज्ञ चलाखी देखाउन सकिन। म एउटा कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगे त्यो मेरो ठूलो भूल हो। मलाई त्यो भूल फिल भयो।
त्यसपछि इन्ट्रभ्यू आयो,इन्टरभ्यू आइसकेपछि दिपकजीले मलाई फोन गर्नुभयो- तिम्ले इन्टरभ्यू राम्रो दिइनौं, तिमीले शब्द चयन राम्रो गरेनौं, मलाई मनपरेन तिम्रो इन्टरभ्यू भन्नुभयो।
मलाई एकछिन त चिसो पस्यो, त्यसपछि म यूट्यूबमा गएँ, कमेन्टहरू हेरें। कमेन्टहरूमा एकदमै धेरै गालीगौलज आइरहेको थियो। म एकछिन आत्तिए,त्यसपछि मैले प्रकाश दाइलाई फोन गरें- प्रकाश दाइ एकदमै नराम्रो गालीहरू आइराछ, प्लिज दाइ केही गर्नुपर्छ होला, म शब्द चयनमा चुकें, प्लिज दाइ भनेर भने।
प्रकाश दाइले ‘बैनी कलाकारलाई गाली र ताली आईहाल्छ नि नडराउ’ भन्नुभयो।
हैन दाई, प्लिज मैले मेरो इन्टेन्सन त्यो होइन है दाइ भनेर भने।
फेरि म प्रकाश दाइलाई दोष पनि दिन्न किनभने म त्यो सम्बन्धलाई, दाजुको सम्बन्धलाई सम्मान नै गर्ने मान्छे हो। मेरो नै गल्ती थियो भनेर चुप लागेर बसें।
त्यसपछि (थप भावुक हुँदै) दिनानुदिन एकपछि अर्को मलाई यति धेरै गाली-गौलज आयो (थप भक्कानिदै) यति धेरै तिरस्कारका शब्दहरू आयो, मलाई लाग्यो…
(पुनः मुस्कुराउँदै हात जोडेर सरी भन्दै आआफ्नो भनाइ सुरू गर्छिन्।)
हुन त यो गालीकै कुरा गर्नुपर्दाखेरि भाग्य भनौं या दुर्भाग्य सफलतासँगसँगै यो गाली हाम्रो भाग्यमै टाँसिएर आको रेछ। यो घटना हुनुभन्दा अगाडि पनि हाम्रो फिल्म रिलिज हुनुभन्दा अगाडि पनि, गीत रिलिज हुँदा पनि गाली नै खान्थ्यौं, ट्रेलर रिलिज हुँदा पनि हामीले गाली नै खान्थ्यौं।
तेरो फिल्म फ्लप भैहालोस्, डिसलाइकका कुराहरू, धेरै कुराहरू हामीले सहँदै आएका थियौं। त्यो गालीको हामीलाई बानी नै परिसक्याथ्यो।
तर यो घटनामा दिपकजीले मलाई तैंले गल्ती गरिस्, तैंले राजेश हमाल दाइको बारेमा राम्रो अभिव्यक्ति दिइनस् भनेर भनिराख्दा पनि मेरो साथी दिपकजीलाई महानायक बनाइयो, ट्रोल बनाइयो, मभन्दा धेरै गाली खानु भयो उहाँले।
उहाँले गाली खाइनै रहनुभाथ्यो। मेरो टिमलाईसमेत आक्रमण भयो,(भावुक हुँदै) मेरो कारणले। मेरो टिममा नै संकट आउन पुग्यो।
मलाई एकदमै आत्मग्लानी भयो। तर, केही छैन, मेरा धेरै शुभचिन्तकहरूले, मेरा आफन्तहरूको माया साथ र हौसलाले गर्दा आज म फेरि उठें, अनि तपाईहरू समक्ष आको छु।
आज संयोग भनौ या के भनौ?, आज मेरो जन्मदिन।
म यो जन्मदिनमा म केहि कुराहरू प्रण गर्न चाहन्छु।
अबदेखि कहिलेपनि यस्तो गल्तीहरू दोहोर्याउँदिन। आफ्नो व्यक्तित्व विकासमा पनि आफ्नो समय खर्चिन्छु।
दर्शकहरूले यति धेरै माया दिरहनुभएको छ। मेरो प्यारो दर्शकहरूको लागि म राम्रो फिल्म बनाउने कोशिस गर्छु। तर मैले यति भनिराख्दाखेरि मैले छुटाउन नहुने कुरा के छ भने राजेश दाइको फ्यानहरू, मेरो फ्यानहरू उहाँको फ्यानहरू भन्ने हुँदैन, सबै कलाकारहरूको फ्यानहरू नै हुनुहुन्छ आखिर। उहाँलाई(फ्यान) के रिक्वेस्ट गर्न चाहन्छु भने मेरो अभिव्यक्ति यहाँको मन दुखेको छ भने प्लिज आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोला।
मैले यति कुरा गरें।
हरेकृष्ण !
दिपायल – पश्चिम नेपालमा आएको भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा...