२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

डोटीका अटोरिक्सा व्यवसायी प्रालिमा : कंग्रेस नेता खड्काले गरे प्रालिको उद्घाटन

डोटी– डोटीमा विगत देखि सञ्चालनमा रहेका अटोरिक्साहरु अब प्रालि मार्फत सञ्चालन हुने भएका छन् । विगतमा व्यक्तिगत रुपमा अटो चलाउँदै आएका अटो रिक्सा व्यवसायीहरुले भागेश्वर अटो रिक्सा प्रा.लि. स्थापना गरेर अटोहरु सञ्चालन गरेका छन् ।

कार्यक्रमका बीच दिपायलमा प्रा.लिको उद्घाटन गरिएको छ । प्रा.लिको कार्यालय नेपाली काँग्रेसका जिल्ला सदस्य तथा गृह प्रशासन संगठन संयोजक जित खड्काले उद्घाटन गरेका हुन् ।

व्यवसायीक हक हित संगै आफुहरुले सरकारलाई बैधानिक रुपमा राजश्व तिरेर बिधिबत रुपमा जिल्लामा सेवा दिने लक्षका साथ सबै व्यवसायी एकजुट भएर प्रा.लि. मार्फत अटो सञ्चालन गरेको प्रालिका अध्यक्ष मल्लले जानकारी दिए ।

सुरुमा अटो भित्र्याउँदा बिभिन्न समस्या, कानुनि समस्या, रुट परिमिट लगायतका कुराहरुले समस्या उत्पन्न भएको थियो । सञ्चालनको दुई बर्षमा सबै प्रक्रिया पुरा गरेर प्रालि खडा गरिएको हो ।

अटोहरुलाई स्थापित गरेर स्वरोजगार संगै यातायात सेवामा सहजता हुने भएपछि जिल्लामा अटो सञ्चालनका लागि पहिलो पटक शिखर नगरपालिकाले अनुमति दिनुका साथै रुट परिमिटका लागि सहयोग गरेको थियो ।

अहिले प्रा.लिमा १३ वटा वटो रिक्साहरु दर्ता भएका छन् । अटो रिक्साहरुले छोटो दुरीका यात्रुहरुलाई यात्रा गर्न सहज भएको कंग्रेस नेता खड्काले बताए । उनले भने,‘छोटो दुरिका यात्रुहरुलाई यात्रा गर्न सहज भएको छ । बिरामी पर्दा अस्पताल जानु पर्दा कम खर्चमा जतिखेर पनि अटोहरु यपलब्ध हुने गरेका छन् । अर्को तिर युवाहरु स्वरोजगार भएका छन् । स्थानीय सरकारलाई आन्तरीय आय स्रोत पनि बढेको छ ।’ खड्काले कार्यालयको उद्घाटन गर्दै व्यवसायीहरुलाई शुभकामना व्यक्ति गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ भाद्र २

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP