२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

पीडितका घरमा राहत सहित नेविसंघका नेता ओझा

डोटी- आदर्श गाउँपालिका–१ घर भत्किएका परिवारलाई नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य विजयराज ओझाले आर्थिक तथा अन्य सामाग्री सहयोग गरेका छन् ।

रेडक्रससँगको सहकार्यमा नेविसंघका नेता ओझाले बाझककानीका घर भत्केका ४ परिवारलाई त्रिपाल, भाडाकुडा र लत्ताकपडा वितरण गरेका हुन् । घर भत्किदा ४ जना आफन्त गुमाएका परिवारलाई नेता ओझाले व्यक्तिगत नगद दुई हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

डोटीको आदर्श गाउँपालिका–१ मा गत श्रावण २७ गते घर भत्किदा आमा र छोराछोरी सहित चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ वर्षीया विष्ना लुहार, उनका १० वर्षीय छोरा पारस, छोरीहरु पाँच वर्षीया सिरु र नौ महिनाकी बालिकाको समेत ज्यान गएको थियो ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ श्रावण ३२

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP