२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

एसईई रद्ध पछि परीक्षा बोर्डको बैठक किन बस्दैछ ?

सरकारले भोलीबाट हुने एसईई परीक्षा स्थगित गरेपछि राष्ट्रिय परीक्षा बोर्डको बोर्डको बैठक बस्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेलले बोर्डका सदस्यलाई बोर्डको कार्यालयमा बोलाउनुभएको छ । बैठक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बस्दैछ ।

बोर्डको बैठकले परीक्षा स्थगित भएको घोषणा गर्नेछ । बैठकमा कक्षा ११ र १२ को परीक्षा सार्ने विषयमा समेत छलफल हुनेछ । कारोना भाइसरको माहामारीबाट पर्न सक्ने असरलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरेको हो ।

बोर्डले कक्षा १२ को बैशाख ८ र ११ को २१ बाट तय गरेको थियो । एसईईको परीक्षा स्थगित भएपछि बोर्डलाई लाखौ रुपिया खर्च भएको छ । अब कहिले परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा सरकारी समितिले निर्णय गर्नेछ ।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७६ चैत्र ५

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP