२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

होटल रेष्टुरेण्टमा बसेर खान नपाइने सरकारको निर्णय

काठमाडौँ – सरकारले होटल रेष्टुरेण्डमा बसेर खान नपाइने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिन पनि सोमबारबाट फेरि रोक लगाएको छ। त्यस्तै सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात साउन १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ।

अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

मन्त्री परिषरिषदको निर्णय सुनाउँदै उनले भने, ‘अन्तराष्ट्रिय उडान भदौ ३१ गते राति १२ बजेसम्म बन्द गरिएको छ। स्वदेश आउनै पर्नेलाई सहजिकरण गरेर ल्याइनेछ।’

यस्तै सरकारले भारतबाट नेपाल छिर्ने नाका २० बाट दशमा झार्ने निर्णय गरेको छ।

खतिवडाका अनुसार अब झापाको करभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइनेछ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ श्रावण २७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP