काठमाडौं- नोभेल कोरोना भाइरसको संक्रमणका कारण काठमाडौं उपत्यका ‘सिल’ गरिएको छ ।
आइतबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्न निर्देशन दिइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा अधिकारीसहितको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोनाको उच्च जोखिम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको ब्रिफिङका क्रममा बताएका थिए । उनले आफैं सतर्कता अपनाउन आग्रह गर्दै लापरबाही गरे उपचार गर्ने चिकित्सक पनि अपुग हुने स्थिति आउनसक्ने बताएका थिए ।
यही कुरालाई मध्यनजर गर्दै नाकाहरु सिल गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको आवतजावतमा पनि कडाइ गर्ने निर्णय गरिएको हो ।
हालसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित फेला परेका छन् ।
सरकारले उपत्यका भित्रिने नाकाहरुमा स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने गरेको छ । जसमा भक्तपुरको नाका साँगा भञ्ज्याङ र काठमाडौंको नाका नागढुंगाबाट आउने व्यक्तिमा कोरोनाको संक्रमण बढी देखिएको थियो ।
गृह मन्त्रालयले बुधवार सूचना जारी गर्दै दुई सयभन्दा बढी एक्टिभ केस भएको जिल्लामा जोरबिजोर प्रणाली अनुसार निजी तथा सार्वजनिक सवारी संचालन गर्न निर्देशन दिइसकिएको छ।
काठमाडौं उपत्यकाभित्र बिहिवारदेखि जोरोबिजोर अनुसार सवारी सञ्चालनमा छन् । त्यसैगरी काठमाडौं उपत्यका भित्रिनेहरुका लागि साँझ ७ बजेदेखि बिहान ७ बजेजस्मम रोक लगाइएको छ । सवारी सञ्चालनमा पनि अत्यावश्यकबाहेक चलाउन नपाइने जनाइएको छ ।
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...