२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

भारतमा कोरोना विशेष अस्पतालमा आगलागी : ८ बिरामीको मृत्यु

काठमाडौं- भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा भीषण आगलागी भएको छ ।

आज (बिहीबार) बिहान भएको आगलागीमा परेर ८ जना बिरामीको मृत्यु भएको बीबीसी हिन्दीे लेखेको छ ।

अस्पतालमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । बीबीसीका अनुसार आगलागीपछि भएको भागदौड कारण ८ जनाको मृत्यु भएको हो ।

आगो करिब एक घण्टाभित्र नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ ।

आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ श्रावण २२

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP