२०८३ असार २, मंगलवार
June 16, 2026, Tuesday

सहकारी विभागको केन्द्रीय सदस्यमा बम

धनगढी– नेपाली कांग्रेसको केन्द्रीय सहकारी विभागमा सुदूरपश्चिम प्रदेशबाट भोजबहादुर बमलाई मनोनित गरिएको छ । पार्टीको केन्द्रीय सहकारी विभाग विस्तारका क्रममा उनलाई सुदूरपश्चिमको प्रतितिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

लामो समयदेखि सहकारी आन्दोलनमा सक्रियरुपमा क्रियाशील बम यसअघि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक रहिसकेका छन् । सहकारी अभियान्ताका रुपमा चिनिने बम नेश्नल को–अपरेटर्स नेपालका केन्द्रीय सदस्य समेत हुन् । बम नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि तथा कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ श्रावण २१

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP