२०८२ फाल्गुन २६, मंगलवार
March 10, 2026, Tuesday

कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

नगेन्द्र उपाध्याय

सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेश भित्रिने नागरिकहरुको अनिवार्य पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्ने तयारी थालेको छ। छिमेकका सुदूरपश्चिम र ५ नम्बर प्रदेशमा कोरोना संक्रमण बढ्दै जान थालेपछि प्रदेश भित्रिने नागरिकहरुको नाकामा अनिवार्य पीसीआर परीक्षण गर्ने तयारी सरकारले गरेको हो। ‘पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित देखिन थालेका छन्, छिमेकी प्रदेशहरुमा पनि संक्रमण बढ्दो छ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘कर्णालीलाई कोरोनासँग जोगाउन नाकामै परीक्षणको व्यवस्था मिलाउँदैछौं।’

मुख्यमन्त्री शाहीले कर्णालीमा आउने नागरिकहरुले अनिवार्य पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने बताए। ‘कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश भित्रिनेलाई नाकामै र समुदायस्तरमा पीसीआर परीक्षणको काम एकैथाल सुरु गर्दैछौं।’ उनले कर्णालीका १८ लाख जनसंख्यालाई लक्षित गरेर मास्क र सेनिटाईजर वितरणको तयारी भइरहेको बताए। ‘किन्न सक्नेले आफै किन्नुहुन्छ, नसक्नेहरुका लागि प्रदेश सरकारले एक जना बराबर दुई वटा मास्क उपलब्ध गराउँछ,’ उनले भने, ‘मास्क नलगाउनेलाई कडाईका साथ कारवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेका छौं।’

थप पढ्नुस् : https://nagariknews.nagariknetwork.com/politics/296021-1596543255.html?click_from=category

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ श्रावण २१

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP