२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026, Wednesday

आफ्नै शरीरमा आगो लगाएका युवकको मृत्यु

रुपन्देहीमा आफ्नै शरीरमा मटिट्तेल खन्याएर आगो लगाउने युवकको मृत्यु भएको छ।

देवदहस्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनका हेरालु २४ वर्षीय विपिन बस्यालको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दीपक महतका अनुसार उनले मंगलबार बिहान ३ बजे शरीरमा आगो लगाएका थिए।

मृतक बस्याललाई डिप्रेसनबाट पीडित रहेको बताइएको छ। उनी केही दिनअगाडि मात्रै क्वारेन्टिनमा काम गर्न थालेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले छ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ श्रावण २०

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP