२०८३ आश्विन २५, आईतवार
October 11, 2026, Sunday

पहिराेमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

पाेखरा- कास्कीको माछापुच्छ्रे गाँउपालिका -८ मा पहिराे जाँदा एकै परिवारका तीन जनाको ज्यान गएकाे छ । स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका  प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

शुक्रबार बिहानपख खसेको पहिरोमा परी उनीहरु सुतेकै अवस्थामा पुरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार तीनै जना एउटै कोठामा सुतिरहेका थिए । प्रेमराज विकका दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्तक तीन जनाको शव पहिरोबाट निकालिसकेको डीएसपी हमालले बताए ।

Related News

डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
डोटी कांग्रेसको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन 
  • २०७७ श्रावण २

दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको...

TOP