२०७९ आश्विन १७, सोमबार
October 3, 2022, Monday

पत्रकार खड्का मृत्यु प्रकरणको गहिरो छानबिन गर्न प्रेस युनियनको माग

कैलाली – डोटीका पत्रकार तेजबहादुर खड्काकाे मृत्यु प्रकरणकाे सत्य/तथ्य छानबिन गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

सुदूरपश्चिमका नाै वटै जिल्लाका प्रेस युनियनका अध्यक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकार खड्काकाे मृत्यु प्रकरणकाे छानबिन र मृतकका परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

मुख्यमन्त्री भट्टले ध्यानाकर्षण पत्र बुझ्दै घटनाको छानबिनकाे लागि सम्बन्धित जिल्लाको प्रशासनलाई आग्रह गरिने बताउनुभएको छ ।

पत्रकार खड्का तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट फर्किने क्रममा बेपत्ता हुनुभएको थियो । गएकाे मङ्सिरमा त्यही क्षेत्रमा भेटिएको कङ्काल उहाँकै भएको प्रहरीले पुष्टि गरिसकेको छ तर घटना रहस्यपूर्ण रहेको भन्दै प्रेस युनियनले अनुसन्धानको माग गरेको छ । 

घटना रहस्यमय र संकास्पद भएकाले घटनाको पुनः गहिरो छानबिन र मृतक पत्रकारका परिवारलाई राज्यबाट क्षति पूर्तीको व्यवस्था हुनु पर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले बताए ।

Related News

आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
  • २०७७ असार २०

दिपायल – हिन्दुहरूको महान् चाड वडा दशैं, दीपावली तथा छठ पर्वको...

TOP