२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

शिखर सरकारले ल्यायो ५३ करोड ४५ लाखको बजेट : स्वास्थ्य, स्वरोजगार र कृषिमा विशेष प्राथमिकता

डोटी- शिखर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ४५ लाख ४८ हजारकोे बजेट प्रस्तुत गरिएको छ । बजेटमा व्ययतर्फ ८ करोड ५ लाख ५० हजार अर्थात १५.०६ प्रतिशत विनियोजन गरिएको छ भने पूजिगत कार्यक्रम तर्फ १५ करोड ५ लाख ३० हजार विनियोजन गरिएको छ ।

त्यस्तै शसर्त अनुदान कार्यक्रम तर्फ २८ करोड १४ लाख विनियोजन भई कुल ब्यय ५३ करोड ४५ लाख ४८ हजार प्रस्ताव गरिएको छ । संघ तथा प्रदेश सरकारबाट तोकिएका विषेश अनुदान र समपुरक अनुदान तर्फ २ करोड २० लाख ६८ हजार रकम प्रस्ताव गरिएको छ ।

बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्राथमिकतामा राखिएको नगर उप–प्रमुख धौली देवि रावलले बताईन् ।

यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण, स्वारोजगार तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख छ ।

नगरको एउटा शाखा सडक नमुनाका रुपमा कालोपत्रे गर्ने, नगरमा १५ शैयाको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्ने, स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन ठोस पहल गर्ने, कोभिड १९ का कारण बाह्य मुलुकबाट आएका युवाहरुको श्रम नगरको विकासमा प्रयोग गरिने नगर प्रमुख सिताराम जोशीले बताए । उनले बजेटमा कोभिड १९ नियन्त्रण, स्वास्थ्य, स्वरोजगार, कृषि र पशुपालन, पकेट क्षेत्र लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा ठुलो असर परेको बताउँदै नगर प्रमुख जोशीले महामारी नियन्त्रणमा नआए बैकल्पिक विधि अपनाएर शैक्षिक गतिबिधिलाई निरन्तरता दिने योजना रहेको बताए ।

नगरको आगामी आर्थिक वर्षको नारा “स्वस्थ,सूसंस्कृत र समून्नत शिखर”
“शिक्षा कृषि पर्यटनमा समृद्ध नगर” रहेको छ ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ असार ११

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP