२०७८ जेष्ठ ५, बुधबार
May 19, 2021, Wednesday

राति १० बजेदेखि बिहान ५ बजेसम्‍म हिँडडुलमा रोक

काठमाडौँ- यदि तपाईँ राति १० बजेदेखि बिहान ५ बजेसम्‍म कतै जाँदै हुनुहुन्छ भने तपाईँलाई प्रहरीले रोक्‍न सक्छ। सरकारले काठमाडौं उपत्यकालगायत देशभर लकडाउन खुकुलो पारेपनि सुरक्षा सतर्कता अपनाउन राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा जनाइए अनुसार असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउने र सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुलको अनुगमन भने प्रहरीले गर्नेछ।

यसका साथै विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्यमा समेत १५ जनाभन्दा बढी आगन्तुक भेला हुन नपाउने गृहमन्त्रालयले जनाएको छ।

त्यस्तै गृहले उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भीडभाड गर्न नपाइने पनि भनिएको छ।

गृहले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि भनेको छ। अत्यावश्यक कामबहाहेक आफू रहेको आवास/कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन समेत मन्त्रालयले निर्देशन दिएको छ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ। कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रुपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ ।

यसैगरी ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न र उपचारका क्रममा अस्पताल लैजाँदा र ल्‍याउँदा समन्वय र सहजीकरण गर्न पनि गृहले भनेको छ।

Related News

भारतलाई तहसनहस बनाएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको पुष्टि
भारतलाई तहसनहस बनाएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएको पुष्टि
  • २०७७ असार ६

काठमाडौं- नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । भारतलाई तहसनहस बनाएको भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु...

८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु
८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु
  • २०७७ असार ६

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

मंगलबार डोटीका थप ६८ जनामा कोरोना पुष्टि
मंगलबार डोटीका थप ६८ जनामा कोरोना पुष्टि
  • २०७७ असार ६

डोटी- मंगलबारको परीक्षणमा डोटीका थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा आरटिपिसिआर परीक्षण गर्दा ५१...

TOP