२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

सत्तारुढ नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भिडियो गोष्टी

काठमाडौँ-कोरोना भाइरसको महामारीका कारण जनजीवन संकटमा परेको र अर्थतन्त्र अस्तव्यस्त बनेका बेला सत्तारुढ नेकपाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)सँग शुक्रबार भिडियो परामर्श गर्दैछ।

नेकपाको स्कूल विभाग, सीपीसीको अन्तर्राष्ट्रिय विभाग र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटीद्वारा अपरान्ह चार बजे आयोजित कार्यशाला गोष्टीमा पार्टी र देश सञ्चालन, भ्रष्टाचार नियन्त्रणलगायत विषयलाई लिएर छलफल हुन लागेको स्कूल विभागका प्रमुख ईश्वर पोखरेलले बताए।

उनले भने,‘यसलाई दुवै देशका कम्युनिष्ट पार्टीले सामसामयिक र आगामी बाटोबारे छलफल र अनुभव आदनप्रदान गर्ने महत्वपूर्ण कार्यथलोका रुपमा लिएका छौँ।’ मुलुक हाल कोरोना भाइरसको महामारीको संकटमा परेको बेला दुई मुलुकका कम्युनिष्ट पार्टीका प्रनितिधिले छलफल गर्न लागेका हुन्।

छलफलका क्रममा दुवै पार्टीले पार्टी र देश सञ्चालनका अनुभवहरु आदनप्रदान गर्ने छन्।

गोष्टीमा नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता पोखरेललगायत करिव १ सय भन्दा बढी नेताहरु सामेल हुने छन् भने सीपीसीका तर्फबाट सीपीसीका प्रमुख सोङ थाओलगायत नेताहरु सामेल हुनेछन्।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा यस्तै गोष्टी आयोजना गरिएको थियो। भारतसँग सीमा विवादलाई लिएर विवाद चर्किएका बेला नेकपा र सीपीसीबीच छलफल हुन लागेको हो।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७७ असार ५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP