२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

स्वरोजगारका कार्यक्रम ल्याउन स्थानिय तहलाई सुझाव

रोसन कठायत

डोटी– स्वरोजगारको बाताबरण बनाउने गरि नीति तथा कार्यक्रम ल्याउन सुझाव दिदै डोटीका नागरिक समाजहरुले जिल्लाका नौ वटै स्थानिय तहहरुलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समाबेश गर्नुपर्ने २५ बु“दे सुझावहरु सहितको ज्ञापनपत्र जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐर मार्फत स्थानीयत तहका प्रमुखहरुलाई बुझाएका हुन् ।

नागरिक समाजले स्थानीय तहहरुलाई कृषि, स्वास्थ्य र शिक्षामा स्वरोजगारको बाताबरण बनाउने गरी प्राथमीकरण गर्न निती तथा कार्यक्रममा सुझाव दिएका छन् । नागरिक समाजका तर्फबाट डोटी बहुमुखि क्याम्पसका निमिक्त प्रमुख अर्जुन देउवा गैसस महासंघका डोटीका अध्यक्ष रघु कठायतले बुझाइएको ज्ञापनपत्रमा सबै स्थानीयत तहहरु मिली प्रदेश सरकारसंगको समन्वयमा यथाशिघ्र पिसिआर मेसिन, स्वास्थ्य सामाग्री तथा जनशक्ति सहितको कोरोना अस्पताल बनाउनु पर्ने उल्लेख छ । त्यसै गरी प्रत्येक स्थानिय तहहरुले १५ बेडको आइसोलेसन बेड बनाउनु पर्ने, स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिको ब्यवस्थापन गर्नु पर्ने, छापा तथा बिधुतीय संचारमाध्यमबाट कोरोनाबारे जागरण कार्यक्रम संचालन गर्नु पर्ने सुझाव उल्लेख गरेका छन् ।

नागरिक समाज डोटीले पत्रकार, प्राध्यापक , संघसंस्थाका प्रतिनिधी, कानुन ब्यवसायी, मानवअधिकारकर्मी, दलित तथा उपेक्षित बर्गका अगुवा लगायतसंग सुझाव संकलन गरी स्थानीय तहहरुलाई ज्ञापनपत्र मार्फत सुझाव दिएको गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताए । उनले कोभिड १९ का कारण रोजगारी गुमाएर थुप्रै नेपाली आएकाले स्थानिय तहहरुले उहा“हरुलाई गाउमै काम गर्ने बाताबरण बनाउनु पर्ने बताए । ज्ञापनपत्रमा भारत तथा बिदेशबाट आएका युवाहरुलाई बेरोजगारको सुचीमा सुचीकृत गरी रोजगार केन्द्र स्थापना गर्दै उनीहरुलाई कृषि तथा लघु उद्यममा अनुदान र सहुलियतपूर्ण क्रृण उपलब्ध गराउन सुझाव दिइएको छ । कोरोनाका कारण खाद्य संकट हुने भएकाले तत्काल उत्पादन हुने नगदे बाली बाझो खेतहरुमा लगाउन प्रोत्साहन मुलक कार्यक्रम ल्याउन समेत बिज्ञप्तीमा उल्लेख छ ।

पत्रकार मोहन शाहीले नागरिक समाज डोटीको तर्फबाट पत्रकार, प्राध्यापक , संघसंस्थाका प्रतिनिधी, कानुन ब्यवसायी, मानवअधिकारकर्मी, दलित तथा उपेक्षित बर्गका अगुवा लगायतसंग सुझाव संकलन गरि प्रतिबेद तयार पारेका थिए । प्रतिवेदन अनुसार ज्ञापनपत्र तयार पारेर जिल्ला समन्वय समिति मार्फत जिल्लाका स्थानीय तहलाई बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै समन्वय समिति प्रमुख राम बहादुर ऐरले नागरिक समाजका तर्फबाट आएका सुझाव महत्वपूर्ण रहेको भन्दै त्यसलाई स्थानिय तहहरुले अनुशरण गर्नुपर्ने बताए ।

ज्ञापनपत्र

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७७ जेष्ठ ३२

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP