२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक : कहाँ कति खर्च भयो विवरण सहित

काठमाडौँ – सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।

सीसीएमसी निर्देशन समितिको हालसम्म भएको खर्च सार्वजनिक भएको हो। सरकारले कोरोना नियन्त्रणका लागि १० अर्ब खर्च भएको बताएपछि उक्त खर्च अश्वभाविक भएको भन्दै चौतर्फी आलोचना भएको थियो।

विपक्षी कांग्रेसले संसदमा खर्चको पारदर्शी रुपमा हिसाब सार्वजनिक हुनपर्ने माग गरेपछि सकारले हालसम्म भएको खर्च विवरण सार्वजनिक गरेको हो।

यसअघि सरकारले १० अर्ब खर्च भएको बताए पनि शनिबार सार्वजनिक विवरणमा कोराना नियन्त्रणका लागि तीन तहका सरकारबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको उल्लेख छ।

कोरोना नियन्त्रणका लागि संघीय सरकारबाट ४ अर्ब १० करोड ५५ लाख ६ हजार खर्च भएको सीएमसीले जनाएको छ।

जसमध्ये स्वास्थ्य मन्त्रालयबाट १ अर्ब १८ करोड ५२ लाख ८३ हजार, रक्षा मन्त्रालयबाट २ अर्ब ४० करोड २४ लाख ५७ हजार, गृह मन्त्रालयबाट २ करोड ४५ लाख ८८ हजार खर्च भएको छ।

त्यस्तै संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट ५ करोड २० लाख, सहरी विकास मन्त्रालयबाट १ करोड ४२ लाख, शिक्षा मन्ँत्रालयबाट २ करोड ६९ लाख ७८ हजार खर्च भएको छ।

संघका लागि ५ अर्ब ६२ करोड रुपैयाँ रकम निकास भएको सीएमसीले जनाएको छ।

त्यस्तै प्रदेशमार्फत १ अर्ब ३० करोड ४ लाख ९९ हजार र स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च भएको छ।
स्थानीय तहका लागि हालसम्म ४ अर्ब ८३ करोड २७ लाख १५ हजार रुपैयाँ निकास भएको छ।

यस्तो छ खर्च विवरण

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ ३१

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP