२०८२ माघ २४, शनिबार
February 7, 2026, Saturday

उपभोक्ता समितिमा मन्त्रालयको हस्तक्षेप : अवैध समितिलाई योजना दिन दबाब

डोटी- सुदूरपश्चिम प्रदेश सरकारबाट उपभोक्ता समिति मार्फत निर्माण गर्नेगरि स्वीकृत योजनाहरुमा मन्त्रालयकोे हस्तक्षेप हुँदै आएको छ । मन्त्रालयबाट स्वीकृत योजनाहरु आफु निकटका कार्यकर्तामुखी बनाउने र तोकिएका कार्यकर्ता मार्फत नै काम गराउने प्रचलन बढेको छ ।

शहरी विकास तथा भवन कार्यालय डोटी

आफ्नै कार्यकर्ता उपभोक्ता समितिमा राखेर योजना बाँडफाँड गर्ने गरिएको गुनासोहरु बढ्दै गइरहेको अवस्थामा मन्त्रालयले प्रक्रिया नै नपुगेको, सम्बन्धित वडाले, स्थानिय तहले सिफारिस नै नगरेको अवैध उपभोक्त समितिलाई योजना दिन दबाब दिदै आएको छ । उपभोक्ता समितिको प्रक्रिया नपुगेपछि, आफ्ना कार्यकर्ताले नपाउने भएपछि योजना नै रद्ध गरिदिन दबाब आउने गरेको छ ।

सुदूरपश्चिम प्रदेश अन्तरगतको शहरी विकास तथा भवन कार्यालय डोटीबाट प्रदेश पुर्वाधार कार्यक्रम अन्तरगत परशुराम नगरपालिका वडा नं. १२ पन्तुरा डडेल्धुरामा भित्रि मधेश प्रगतिशिल सामुदायिक भवन निर्माण उपभोक्ता समितिमा विवाद उत्पन्न भएको छ । २० लाख बजेट रहेको उक्त भवन निर्माणका लागि दुई वटा उपभोक्ता समिति गठन भएका छन् । एउटा उपभोक्ता समिति मन्त्रालयको निर्देशनमा गठन भएको छ भने अर्को समिति वडा कार्यालयको रोहवरमा गठन गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री पठानसिंह बोहराको पहलमा उक्त योजना परेकाले आफुहरुले निर्माण कार्यको जिम्मा पाउनु पर्ने एउटा समितिको तर्क छ भने स्थानीय स्तरमा आवस्यक उक्त योजना सम्बन्धित वडा कार्यालयको सिफारिसमा प्रक्रिया पुगेकाले आफुहरुले निर्माण कार्यको जिम्मा पाउनु पर्ने अर्को समितिको तर्क छ । मन्त्रालयका सचिवले प्रदेशबाट स्वीकृत बजेटका योजनामा वडा र स्थानीय तहको सिफारिस आवस्यक नपर्ने बताउँदै मन्त्रालयको टचमा भएको समितिलाई योजनाको जिम्मा दिन दबाब दिदै आएको स्थानीयले गुनासो गरेका छन् । यस बिषयमा बुझ्न शिखर समाचार कार्यालयमा पुगेपछि शहरी विकास तथा भवन कार्यालयले दुबै समितिलाई मिलेर आउन भनेको छ ।

कसरी गठन भए दुई उपभोक्ता समिति


एउटा योजना निर्माणका लागि दुई वटा उपभोक्ता समिति गठन गरिएको छ । एउटा उपभोक्ता समिति सत्तापक्ष नजिक छ भने एउटा समिति समुदाय स्तरबाट गठन भएको छ । गठन भएको एउटा समिति सम्बन्धित मन्त्रालयको समन्वयमा गठन भएको छ भने अर्को समिति कार्यालयको सूचनापछि वडा कार्यालय मातहतमा रहि गठन भएको छ ।

शहरी विकास तथा भवन कार्यालय डोटीले उपभोक्ता समिति गठनका लागि चैत्र २७ गते परशुराम नगरपालिकालाई काटेको पत्र

मन्त्रालयबाट स्वीकृत योजना निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय डोटीले उपभोक्ता समिति गठनका लागि चैत्र २७ गते परशुराम नगरपालिकालाई पत्र काटेको छ । त्यहि पत्र अनुसार नगरपालिकाले बैशाख ८ गते वडा कार्यालयलाई सोही उपभोक्ता समिति गठनका लागि पत्र काटेको छ । नगरपालिकाको पत्र अनुसार वडा नं. १२ को कार्यालयले जेठ ११ गते उपभोक्ता समिति गठनका लागि सूचना निकालेर १५ गते आमभेला बोलाएको छ ।

वडा नं. १२ को कार्यालयले जेठ ११ गते उपभोक्ता समिति गठनका लागि प्रकासन गरेको सूचना

१५ गते नै वडाका कार्यबाहक अध्यक्ष पृथ्वीराज भट्टको रोहबरमा आम भेलाले गोकर्ण मल्लको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको छ । उक्त उपभोक्ता समितिलाई योजना निर्माणका लागि अनुमति दिन भन्दै वडा कार्यालयले १८ गते सिफारिस गरेको छ ।

वडा कार्यालयले गरेको सिफारिस

सोही कागजात सहित योजना सम्झौताका लागि शहरी विकास तथा भवन कार्यालय राजपुर डोटी पुग्दा कार्यालय