२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

पिसिआर मेशिन खरिदकालागि दवाव दिदै नेविसंघ डोटीको ‘एक रूपैयाँ चन्दा अभियान’

डोटी– पीसीआर परिक्षणको दायरा बढाउन दबाब दिन नेपाली नेपाल विद्यार्थी संघ डोटीले ‘रू.१ चन्दा अभियान’ सुरू गरेको छ । बुधवार दिपायमा एक समारोहको आयोजना गर्दै अभियानको सुरू गरिएको छ ।

पीसीआर मेशिन खरिदको लागि दबाब दिने उद्देश्यले सो अभियान सुरू गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए । ‘सरकार जनताप्रतिको दायित्वमा उदासिन देखिएको छ,’उनले भने,’भ्रष्टाचार गर्न जुनसुकै हदपनि पार गर्न नहिच्किने सरकारले आरडिटीका नाममा गरिरहेको भ्रष्टाचार हटाउन र जनताप्रति जिम्मेवार बनाउन यो अभियान थालेका हौ ।’

कोरोना परिक्षणमा पीसीआर पद्धतीमात्रै विश्वसनिय रहेको अवस्थामा सरकार त्यसको दायरा बढाउनतर्फ उदासिन रहेको अध्यक्ष खड्काले बताए । उनले भने,’सरकार हज्जारौं नागरिक क्वारेन्टाईनमा राखेर कमिशनको खेलमा ल्याईएको आरडिटी प्रयोग गरेर रकम कुम्ल्याउन तल्लीन छ । जुन जनस्वास्थ्यमाथि गम्भिर खेलवाड हो ।’

समारोहमा नेविसंघको अभियानलाई ऐक्यवद्धता जनाउदै नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर १ का सभापति बिजय खड्काले सरकारले खुल्लमखुल्ला गरिरहेको भ्रष्टचारले राजनीतिप्रति घिनलाग्ने अवस्था सिर्जना भएको बताए । उनले भने,’जहीँतहीँ भ्रष्टाचार छ । महामारीमा भ्रष्टाचार, विपत्तिमा भ्रष्टाचार । कति निर्लज्ज ! जनताको कुनै मतलबै छैन् ।’

समारोहमा नेपाली काँग्रेसका नेता एवं दिपायल सिलगढी नगरपालिका-२का वडाध्यक्ष राजेन्द्र खड्काले कम्युनिष्ट जनप्रतिनिधीमा जनताप्रति उदासिनताको पराकाष्ठा रहेको बताए । ‘यिनको रवैया देख्दा अचम्म लाग्छ । न आफु गर्छन न गर्न दिन्छन् । बरू सानातिना काममा कमिशन खोजेर भ्रष्टाचारमा लिप्त देखिन्छन्,’उनले भने ।

नेविसंघका पूर्ब केन्द्रीय सदस्य विजयराज ओझाले भ्रष्टाचार गरेर राज्यको ढुकुटी रित्याएको आरोप लगाउदै कोरोनाको महामारीमा झन बढी भ्रष्टाचार मौलाएको बताए । उनले भने,’तिस/चालिस लाखमा आउने पीसीआर मेशिन खरिद गर्न नसक्ने सरकारसंग काम न काजको आरडिटी खरिद गर्न कहाँबाट पैसा आउछ ?’

समारोहमा नेविसंघका नेताहरू दीपक बोगटी, दीपेन्द्र सिँह, प्रेम खड्का र श्याम ओझाले आफ्नो धारणा राखेका थिए ।
संकलित रकम जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई पठाईने नेविसंघ डोटीले जनाएको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २८

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP