२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

एमसिसीको विरोध गर्दै डोटीमा प्रदर्शन

डोटी । डोटीमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शन गरिएको छ । दिपायलका युवाहरुले नेपालका लागि एमसिसी घातक भएको भन्दै दिपायल, पिपल्ला हुदै राजपुर सम्म मोटरसाईकलमा नाराबाजी सहित ¥याली निकालेर विरोधमा प्रदर्शन गरेका हुन् ।

युवाहरुको समुहले राष्ट्रियताका लागि आफुहरुले सांकेतिक बिरोध गरेको बताउदै असार एक गते कडा रुपमा पर्दशन गरिने बताएका छन् । उनिहरुले एमसिसी संसदबाट पारित नगर्न समेत चेतावनी दिएकाछन् ।

विरोधमा निक्लिएका युवाहरुले भारतले नेपाली भूमी अतिक्रमण गर्न खोजेको भन्दै भारत बिरुद्ध समेत नाराबाजी गरेका छन् । कालापानी हाम्रो हो, गो व्याक इण्डिया, एमसिसि ख्यारेज गर जस्ता नाका लगाउदै प्रदर्शन गरेका थिए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP