२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सम विकास केन्द्रद्वारा सुजंङ्ग अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

डोटी- गैरसरकारी संस्था सम विकास केन्द्र (ईडिसि) डोटीले सुजंङ्ग अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले डिईआरएफ् परियोजना अन्तरगत डिसिए नेपालको आर्थिक सहयोगमा पिपिई सेट लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतीमा रहेर खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्य संस्थालाई ५६ हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको परियोजनाका जिल्ला संयोजक महेश टेलर (परियार) ले बताए । उनले १० सेट पिपिई सेट (बुट, गगल्स, फेस सिल्ड) सहित, ग्लोवस् ५० थान, एन नाइण्टी फाइव मास्क १० पिस, सेनेटाइजर एक हजार एमएलको एक वोतल अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामग्रीको प्रयोगले स्वास्थ्यकर्मी सुरक्षित हुनुका साथै स्वास्थ्यकर्मीबाट अन्य विरामीमा समेत कोरोना संक्रमण सर्नबाट रोक्ने र स्वास्थ्यकर्मीलाई भाइरस नियन्त्रणका लागि काम गर्ने हौसला मिल्ने संयोजक टेलरले शिखर समाचार संग बताए ।

सामुदायीक अस्पताललाई अन्य क्षेत्रबाट कमै सहयोग हुने गरेको बताउदै अस्पतालका प्रशासन प्रमुख बलायरले संस्थाले गरेको सहयोगलाई अस्पातालले ठुलो राहत महशुस गरेको बताए । स्वास्थ्य सामग्री बुझ्दै बलायरले समग्रीको सहि सदुपयोग हुने बताउँदै सम विकास केन्द्रलाई धन्यबाद ज्ञापन गरेका थिए ।

सम विकास केन्द्रले यस अघि पनि जिल्लाका विभिन्न स्वास्थ्य संस्था र स्थानिय तहहरुलाई लाखौका स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ जेष्ठ २७

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP