२०८३ असार ११, बिहीबार
June 25, 2026, Thursday

हेलिकोप्टर मार्फत उद्धार गरीएकी अछामकी गर्भवतीमा कोरोना पुष्टि

शिखर डेस्क- हेलिकोप्टर मार्फत उद्धार गरीएकी गर्भवती महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अछामबाट उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी गर्भवतीमा कोरोना पुष्टि भएको हो ।

अछामको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोहलपुरमा भएको परिक्षणका क्रममा कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए ।

संक्रमित गर्भवती महिला भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा बसेकी थिइन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । आन्द्रा ब्लक भएर पेट फुले पछि आन्द्रामा घाउ भएको भन्दै थप उपचारका लागि बयालपाटा अस्पतालबाट रेफर गरिएको थियो ।

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ जेष्ठ २७

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP