२०८१ मंसिर १७, सोमबार
December 2, 2024, Monday

सुजंङ्ग अस्पतालमा नियमित स्वास्थ्य सेवा : कोरोना अस्पताल बनाउने हल्ला मात्रै

डोटी– सुजंङ्ग अस्पतालले नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले दिने ओपिडि, इमर्जेन्सि, सुत्केरी, डिजिटल एक्स्रे तथा गाइनो सेवा नियमित रुपमा सञ्चालन भैरहेको छ ।
दिपायल सिलगढी नगरपालिका वडा ४ राजपुरमा रहेको उक्त अस्पताललाई कोरोना अस्पताल बनाउन कुनै आधिकारीक निर्णय नभएको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

अस्पताललाई कोरोना अस्पताल बनाउन सकिने सम्भावना कत्तिको छ भनेर मात्रै छलफल भएको तर निर्णय पारित नभएको बताउदै बलायरले भ्रमका पछाडी नलाग्न अनुरोध गरेका छन् ।

बलायरले जिल्लामा कोरोना महामारिकै रुपमा फैलिएको खण्डमा दुई बेड र छुट्टै सौचालय भएको आइसोलेसन कक्ष अस्पालतको छुट्टै भवनमा स्थापना गरेको बताए । उनले अस्पतालमा अहिले सम्म कुनै कारोना संक्रमित र त्यस्तो संकास्पद व्यक्तिको उपचार नभएको जानकारी दिदै अन्य बिरामीहरुलाई नियमित स्वास्थ्य सेवा दिदै आएको बताए ।

यस अघि जिल्लामा दुई वटा कोरोना बिषेश अस्पताल बनाउने तयारी भएको थियो । गत साता जिल्लास्थित क्रियासिल राजनीतिक दल तथा अन्य सरोकारवाला निकायबीच सर्बपक्षीय बैठक बसेर शिक्षा विकास तथा समन्वय इकाईको सरकारी भवनलाई कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो । सुजंङ्ग अस्पतालका बिषयमा भने कुनै निर्णय नभएको तत्कालिन प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले शिखर समाचार संग बताएका थिए ।

सुजंङ्ग अस्पताललाई कोरोना अस्पताल बनाउने हल्ला फैलिए पछि स्थानियले समुदायको बीचमा रहेको सामुदायिक अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन नपाइने भन्दै बिरोध जनाएका थिए । स्थानियहरुले समुदाय संग छलफल नै नगरि अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरे बिरोधमा उत्रिने जनाएका छन् ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ जेष्ठ २६

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP