२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

आजदेखि सुनचाँदीको नयाँ मूल्य तोकिने

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) देखि सुनचाँदीको दैनिक मूल्य तोक्ने भएको छ।

गएको चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण सुनचाँदी व्यवसाय बन्द भएकाले भाउ तोकिएको थिएन। पसल बन्द भएसँगै महासंघले लकडाउन अवधिभर सुनचाँदीको नयाँ मूल्य नतोक्ने जनाएको थियो।

पछिल्लो पटक चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रपैयाँ तोकिएको थियो। त्यसयता नयाँ मूल्य तोकिएको छैन र कारोबार पनि भएको छैन। तर, केही व्यवसायीले ९० हजार रुपैयाँसम्ममा सुन बेचेको गुनासो उपभोक्ताले गरेका छन्।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै क्रमशः खोल्ने तयारी गरेपछि सुनचाँदीको मूल्य तोकिन लागेको हो। सुरक्षाका उपाय अपनाएर दैनिक केही घण्टा व्यवसाय गर्न दिने तयारी सरकारको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २५

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP