२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

शिखर नगरपालिकाका ४१ जनाको पिसिआर रिपोर्ट नेगेटिभ (विवरण सहित)

संक्रमितकी श्रीमती र छोरीको दोस्रो रिपोर्ट पनि नेगेभि

डोटी । जिल्लाको शिखर नगरपालिकाका ४१ जनाको आरटि पिसिआर नतिजा नेगेटिभ आएको छ । भारतबाट आएर नगरका विभिन्न क्वारेण्टाइनमा बसेका ४१ जनाको नतिजा नेगेटिभ आएको हो ।

नगरका विभिन्न क्वारेण्टाइनमा बसेकाहरुमध्य नमुनाका रुपमा फरक–फरक क्वारेण्टाइनबाट जेठ १८ र १९ गते थ्रोड स्वाब संकलन गरेकाहरुको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । शनिबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणका क्रममा सबैको नतिजा नेगेटिभ आएको हो ।

यो संगै यस अघिको परिक्षणमा कोरोना संक्रमित पुष्टि भएका शिखर नगरपालिकाका वडा नं. ३ का पुरुषकी श्रीमती र छोरीको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । उनि श्रीमती बच्चा सहित भारतबाट आएका थिए । पहिलो परिक्षणमा पनि उनकी श्रीमती र बच्चाको रिपोर्ट नेगेटिभ आएको थियो । बच्चालाई ज्वरो आएपछि उपचारका लागि परिवार सहित उनि जिल्ला अस्पताल भर्ना भएका थिए ।

जेठ १८ गते गरिएको स्वाब संकलबाट नगरपालिको वडा नं. २ गैरीगडा आधारभुत विद्यालय मुडेगाउँको क्वारेण्टाइनमा बसेका ६ जना, वडा नं. १० शिद्धेश्वर माध्यमिक विद्यालय वनलेकको क्वारेण्टाइनमा बसेका ८ जना, वडा नं. ८ राधाकृष्ण मावी गोपघाटको क्वारेण्टाइनमा बसेका ८ जना, वडा नं. ४ सारदा माध्यामिक विद्यालय मुडभराको क्वारेण्टाइनमा बसेका ४ जना, वडा नम्बर ५ राधाकृष्ण मावि तिजालीको क्वारेण्टाइनमा बसेका ८ जनाको रिपोर्ट आएको हो ।
जेठ १९ गते गरिएको स्वाब संकलबाट नगरपालिकाको वडा नं. ६ महादेव आधारभुत विद्यालय कोटका तीन जनाको पनि रिपोर्ट आएको छ । त्यस्तै वडा नं. ३ अमरज्योती आधारभुत विद्यालयको क्वारेण्टाइनमा बसि जिल्ला अस्पताल भर्ना भएका संक्रमितका बच्चा र श्रीमतीको दोस्रो रिपोर्ट आएको छ ।

आज रिपोर्ट आएका ४१ जना सबैको नतिजा नेगेटिभ आएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ २४

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP