२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

कोरोनामा सुदूरपश्चिम सरकारको साढे ३६ करोड खर्च ( विवरण सहित)

शिस डेस्क- सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै ३६ करोड ४८ लाख ७० हजार खर्च गरेको छ ।

प्रदेशको कोरोना भाइरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषमा जम्मा भएको ४२ करोड ५५ लाख ४९ हजार ४ सय ६० रुपैयाँमध्य उक्त रकम खर्च गरेकोे हो । कोषमा ६ करोड ६७ लाख ४ सय ६० रुपैंया बाँकी रहेको प्रदेशले उल्लेख गरेको छ ।

कोषको रकमबाट नौ वटै जिल्लाका स्थानीय तहलाई राहत, प्रदेशका नौ वटै जिल्लामा कोरोना अस्पताल स्थापना, क्वारेन्टिन निर्माण तथा विभिन्न स्वास्थ्य उपकरण खरिदमा खर्च भएको प्रदेश सरकारले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८८ वटा स्थानीय तहलाई १५ करोड २६ लाख वितरण गरिएको थियो भने नौ वटा जिल्ला प्रशासनलाई ५ लाखका दरले ४५ लाख वितरण गरेको छ ।

सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरलाई १५ लाख, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १५ लाख, सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी अत्तरीया लाई १५ लाख र राष्ट्रिय अनुसन्धान विभाग सुदूरपश्चिम प्रदेश कैलालीलाई १० लाख वितरण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले मात्रै पहिलो चरणमा १५ करोड ७३ लाख ८० हजार र दोस्रो चरणमा ३ करोड ८९ लाख ५० हजार गरेर १९ करोड ६३ लाख ३० हजार खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले दोस्रो चरणमा खर्च गरेको ३ करोड ८९ लाख ५० हजार मध्य किट, भिटिएम., मास्क र पिसिआर खरिदमा मात्रै ३ करोड ४७ लाख खर्च गरेको छ ।

त्यस्तै कोरोना कोषबाटै सामाजिक विकास मन्त्रालयलाई पहिलो चरणमा १५ करोड ७३ लाख ८० हजार उपलब्ध गराएको छ । मन्त्रालयले उक्त रकम केमा खर्च ग¥यो भन्ने शिर्षक खुलाएको छैन । कैलालीको दृष्टि फाउण्डेसन र मानव सेवा आश्रमलाई ७०÷७० हजार राहत वितरणका लागि र गोदावरी नगरपालिकालाई थप ३ लाख रकम वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चरपुरलाई ५÷५ लाखका दरले १० लाख र अन्य ७ वटा जिल्लाका प्रहरी कार्यालयलाई ३÷३ लाखका दरले २१ लाख रकम निकासा दिएको छ ।

प्रदेशका ९ वटै जिल्लाका सशस्त्र प्रहरी बलका विभिन्न गण र गुल्मलाई २४ लाख दिइएको छ । सशस्त्र प्रहरी बल कैलाली र कञ्चनपुरलाई ५÷५ लाखका दरले निकाशा दिइएको छ भने सशस्त्र प्रहरी बल नेपाल गण डोटी, बझाङ र बाजुरालाई ६ लाख र सशस्त्र प्रहरी बल नेपाल गुल्म डडेल्धुरा, बैतडी, दार्चुला र अछामलाई २÷२ लाखका दरले निकाशा दिईएको छ ।

कोषबाटै सामाजिक विकास मन्त्रालयले दोस्रो चरणमा ३ करोड ८९ लाख ५० हजार खर्च गरेको छ । जसमा मन्त्रालयले आर.टि.पि.सि.आर. किट, भि.टि.एम. डबल स्ट्रिप, एन.नाइण्टीफाइब मास्क र पिसिआर खरिदमा ३ करोड ४७ लाख खर्च गरेको छ । महाकाली अस्पताल कञ्चनपुरमा कोरोना उपचार तथा व्यवस्थापन गर्न, एसि, वेड फर्निचर खरिद गर्न ४० लाख खर्च गरेको छ । सीमा नाकामा अलपत्र नागरिकलाई खाना, खाजाको व्यवस्थामा २ लाख ५० हजार खर्च गरेको छ ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसि) स्थापना गरेर प्रदेशमा कोभिड १९ विरुद्धका काम अगाडि बढिरहेको प्रदेश सरकारले जनाएको छ । प्रदेशमा कोभिड १९ आपत्तकालिन केन्द्र सञ्चालन गरेको उल्लेख छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २४

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP