२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

स्वास्थ्य मन्त्रालयको निर्देशिका टेकेर अस्पताले डिस्चार्ज गरेका ६ जना संक्रमित धनगढीमा अलपत्र

धनगढी- कोरोना लक्षण नदेखिएको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशिकालाई टेकेर अस्पतालले डिस्चार्ज गरेका ६ जना संक्रमित धनगढीमा अलपत्र परेका छन् । दिउसो २ बजे उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरीएकोमा सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था नभएपछि उनीहरु धनगढीमा अलपत्र परेका हुन् ।

अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको थियो ।

शिवनाथ गाउँपालिकाका संक्रमित पुरुषले भने, ‘हामीलाई एक्कासी अस्पतालको आईसोलेसनबाट घर जान भनियो । न गाडीको व्यवस्था गरिएको छ न त आजका लागि वस्ने व्यवस्था नै गरिएको छ । अहिले अस्पताल अगाडिको सडकमा बसिरहेका छौ । प्रहरीले जान भनिरहेको छ ।’

उनले शिवनाथ गाउँपालिकाले एम्बुलेन्स पठाउने भनेपनि एम्बुलेन्स भोली मात्रै पुग्ने भएकाले आज कहाँ बस्ने कुनै टुङगो नलागेको बताए । ‘११ बर्षीय छोरी र मलाई पनि अस्पतालले घर जान भनेको छ,’ अछामका ३२ बर्षीय संक्रमित पुरुषले भने, ‘गाउँपालिकालाई गाडीका लागि समन्वय गर्न भनिएको छ । मसंग कसैको नम्वर पनि छैन्। मैले कस्लाई समन्वय गर्ने ।’

यता सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले भने स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशन अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको बताउँदै सम्बन्धित पालिकासम्म पुगाउने जिम्मेवारी आफुनो नभएको बताए। धेरै समस्या भए उनीहरुलाई आज आइसोलसनमै राख्न सकिने समेत उनले बताए ।

६ जना संक्रमितलाई कोरोना नजितेपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।

यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको थियो । संक्रमितलाई अस्पतालले डिस्चार्ज गरेपछि संक्रमित संग फोन सम्पर्क गर्दा उनिहरु अलपत्र परेको समाचार दिनेस खबरले प्रकाशन गरेको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ जेष्ठ २३

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP