जनकपुरधाम – प्रदेश २ को प्रदेशसभामा खटिएका पाँचजना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले विहीबार सार्वजनिक गरेको विवरणमा प्रदेशसभामा कार्यरत पाँचजना मर्यादापालकमा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका ६ जनामध्ये पाँचजना प्रदेशसभामा खटिएका मर्यादापालक रहेका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। प्रदेशसभाको चौथौं अधिवेशन सुरुहुनुपूर्व १६ जेष्ठमा प्रदेश सांसद, त्यहाँ कार्यरत कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीहरुको स्वाब संकलन भएको थियो।
यसका साथै पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। विहीबार १०२ जना थपिएसँगै प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या ९६१ पुगेको छ।
विहीबार धनुषाका ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। प्रदेशसभाका पाँचजना मर्यादापालकसहित जनकपुर घर भएकी ३० वर्षीया एक महिलामा संक्रमण पुष्टि भएको बताइएको छ।
यसैगरी सप्तरीमा १२, महोत्तरीमा ३, सर्लाहीमा ३, रौतहटमा ६५, बारामा १२ र पर्सामा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये धनुषाबाहेक अन्य सबैजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।
कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...