२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीका दुई महिलाले क्वारेन्टाइनमै जन्माइन बच्चा


डोटी– डोटीमा क्वारेन्टाइन बसेकी दुई महिलाले बच्चा जन्माएकी छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेण्टाइनमा रहेका महिलाले बच्चा जन्माएकी हुन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं. २ खातीवडा स्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी स्थानीय गीता आउजीले बच्चा जन्माएकी हुन् । उनी श्रीमान्सँगै १२ गते भारतबाट डोटी फर्किएपछि क्वारेन्टाइनमा बसकी थिइन् ।

वडाध्यक्ष राजेन्द्र खड्काका अनुसार २१ वर्षीय सुत्केरी गीताले राती दुई बजे छोरा जन्माएकी हुन् । उनि बसेको क्वारेण्टाइनमा ७४ जना छन् ।

‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएका छु’, वडाध्यक्ष खड्काले भने, ‘आरडिटी परिक्षण पछि नतिजा नेगेटिभ आए होम क्वारेण्टाइनमा बस्ने गरेर पठाउँछौं ।’
शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभुत विद्यालय खन्याडी छडिमाण्डौको क्वारेन्टाइनमा रहेकी २५ वर्षिया पुजा सार्की दुबैले छोरा जन्माएका छन् ।

त्यस्तै शिखर नगरपालिका वडा नं ३ नकुरालाकी २५ वषर््ीया पुजा सार्किले बिहानसाढे पाँच बजेतिर क्वारेन्टाइन भित्रै छोरा जन्माएकी हुन् । उनी भारतको मुम्बैबाट जेठ १५ गते श्रीमानसँगै डोटी फर्केकी थिइन् । सार्कीले सकुशल रुपमा बच्चालाई जन्म दिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरीष शाहले बताए ।

सुत्केरी दुबै महिलाले स्वास्थ्यकर्मिको सहयोग बिना आफै बच्चाको जन्मदिएका हुन । अहिले दुबै महिला र बच्चाहरुको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ जेष्ठ २२

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP