२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

मनिषा कोइराला नेपाल आइपुगिन्

भैरहवा– अभिनेत्री मनिषा कोईराला आज दिउँसो नेपाल आइपुगेकी छन्।

उनी बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेकी हुन् । 

Cine artist Manisha Koirala waves to spectators during the Everest Premier League T20 Cricket Tournament at TU Cricket Stadium in Kirtipur, on Wednesday, December 19, 2018. Photo: Udipt Singh Chhetry/THT

‘उहाँ बेलहिया हुँदै नेपाल प्रवेश गर्नुभएको हो। आइसकेपछि कहाँ जानुभयो जानकारी भएन,’ रुपन्देहीको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले भने।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा कोइरालाबारे नेपाल र भारत दुवैतर्फ थप चर्चा भइरहेको छ।

विशेषगरी उनको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले गरेको आलोचनाप्रति नेपालीहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए।
नेपालीहरूले कोइरालाको मतप्रति ऐक्यबद्धता जनाइरहँदा भारतीयहरूले भने उनलाई बलिउड अभिनेत्री भएर नेपालको पक्ष लिएकोू भन्ने लान्छना लगाएका छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो मुलुकको स्वाभिमान राख्नुभएकोमा धन्यवाद। अब हामी सबै तीनवटै महान् देशहरूबीचको शान्तिपूर्ण र सम्मानजनका वार्ताको अपेक्षा गर्छौँ।’

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७७ जेष्ठ २०

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP