२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

क्वारेन्टाईनमा खटिएका स्वयमसेवक माथि खुकुरी प्रहार, प्रहरीले उजुरी लिन मानेन

सुखड १९ जेठ- कैलालीको घोडाघोडी नगरपालिको वडा नम्बर ६ प्रतिक खेत खेलमैदान नजिक अस्थाई रुपमा बनाएको क्वारेन्टाईनमा स्वयमसेवक कुटिएका छन् । शनिबार साझ व्यवस्थापनमा खटिएका स्थानिय स्वायमसेवक रामबहादुर ठकुल्ला खुकुरी प्रहार गरिएको छ । ठकुल्ला खुकुरी प्रहारबाट घाइते भएका छ्न । उनको दायाँ हात र शरीरमा समेत चोट लागेको छ । घाईते ठकुल्लालाई नौ टाका लागेको छ । उनको उपचार घोडाघोडी अस्पतालमा भएको थियो । ठकुल्लालाई घोडाघोडी नगरकार्यपालिका सदस्य रती कामीका छोरा अर्जुन कामीले प्रहार गरेको घाईते ठकुल्लाले जानकारी दिए ।

घटनाको विषयलाई लिएर इलाका प्रहरी कार्यलाय सुखडमा उजुरी दर्ता गराउदा समेत केही सुनुवाइ नभएको पिडितले गुनासो गरे । अपराधी गाउमै घुमिरहेकोले अझै आफुहरु असुरक्षित भएको घाइते ठकुल्लाले बताए । तर इलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख हरिसरण भट्टले घटनाको विषमा आफुलाइ त्यति जानकारी पनि नभएको र थुनामा राख्ने ठाउँ नभएकाले दुबै समुहलाइ गाउमै मिल्न आग्रह गरेको बताए ।

कसरी भयो घटना ?

वडामा निर्माण भैरहेको क्वारेन्टाइन व्यवस्थापनका लागि खटिएकाहरुलाई साझ केहि खाजा नास्ताको व्यवस्थापन गरिएको थियो हामी खादै थियौ, सोही बेला अध्यक्ष ज्युको मोबाइलमा फोन आयो अध्यक्ष ज्युको फोन लाउड स्पिकर गराइएको रहेछ फोन गर्ने व्यक्तिले योजना मा आएको बजेटमा सिधै आफ्नो कमिसनको कुरा गरे ! अनि हामिले फोन गर्ने व्यक्तिको आवाज सुने जस्तो लाग्यो बुझ्दै जादा उनी सोही वडाका वडा सदस्य धन बहादुर चौधरीको रहेछ्न । वडामा आएको विकास बजेटका बारेमा वडा अध्यक्ष विनोद बिक र सोही वडाका वडा सदस्य धन बहादुर चौधरी बिच भनाभन पनि भएको अनि हामी मध्यका केही युवा आक्रोशित भयौ स्थानीय अरुले पनि हल्ला सुने हल्ला भएको अनि झगडा सुरु भयो । क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक स्थानिय युवाले बताए ।

झगडा भैरहेको अवस्थामा वडा अध्यक्ष विकले गाउका केही युवालाइ फोन गरेर बोलाए युवाहरुको समूह खुकुरी लिएर आयो र समान्य कुराले ठूलो घटनाको रुप लियो क्वारेन्टाइनमा आश्रय लिरहेका एक जनाले बताए । आफुले कसैलाइ खबर नगरेको वडा अध्यक्ष विनोद विकले बताएका छ्न उनले वडा सदस्य र आफू बिच कमिसनको कुरा नभई आफ्नो वडामा आएको वर्थिङ्ग सेन्टर सञ्चालनका तत्काल रोकिएको हुदा सो बजेटको केही बजेटलाई रकामान्तर गरि टोलको बटोघाटो निर्माणकार्य गर्ने सन्दर्भमा कुरा भैरहेको थियो त्यतिकैमा केही युवा आफू प्रती आक्रोशित भए उनिहरुले आफुमाथी अपशब्द प्रयोग गर्दै गलिगलोच गर्न थाले जनताका लागि रातदिन नभनी काम गर्दा पनि अझै केही का गालिनै सुन्नु पर्नै भन्दै आक्रोशमा आएर मैले नि बोल्दिए झगडा भयो ।
बाहिर बाट आउने केटाहरु कहाँ बाट कसले बोलायो भन्ने आफुलाइ केही थाहा नभएको वडा अध्यक्ष बिकले बताए ।#sudurpatra

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ १९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP