२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

सुदूरपश्चिममा एमालेका ४ मन्त्रीले लिए शपथ

सुदूरपश्चिममा एमालेका ४ मन्त्रीले लिए शपथ

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका चार मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन्।

मुख्यमन्त्री खगराज भट्टले शपथ लिएपछि एमालेबाट नियुक्त भएका मन्त्री तथा राज्यमन्त्रीले शपथ लिएका हुन्।

शपथ लिनेमा सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीजानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री रहेका छन्।

एमाले–नेकपा गठबन्धनमा नयाँ सरकार

मुख्यमन्त्रीमा नियुक्त भएका भट्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुन्। नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा भट्ट मुख्यमन्त्री बनेका हुन्।

यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नयाँ सरकार गठनसँगै सुदूरपश्चिममा एमाले र नेकपाको गठबन्धनले प्रदेश सरकारको नेतृत्व सम्हालेको छ।

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण ३०

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP