२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

प्रवासी नागरिकको उद्धारमा सीमानामै सांसद र मेयर

शिस डेस्क- रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा रहेका नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी छ । सुदूरपश्चिमका नाका हुँदै ३२ हजार बढी नागरिक बिना चेकजाँच नेपाल फर्किएका छन् ।

स्वदेश फर्किएका नागरिकहरुलाई सम्बन्धित स्थानीय सरकारले नाकाबाट उद्धार गरेर स्थानीय तहका बिद्यालयमा स्थापना गरिएका क्वारेण्टाइनमा राख्दै आएकाछन् । नागरिकको उद्धारका लागि स्थानिय सरकारका जनप्रतिनिधि, विभिन्न व्यक्ति, नेता कार्यकर्ता, समाज सेवी लागि परेकाछन् । नाकाबाट दैनिक दुई हजार देखी पाँच हजार सम्मको उद्धार गरिदै आएको छ । प्रदेश सरकार उद्धार तथा व्यवस्थापन कार्यमा भुमिका बिहिन भएको आरोप लाग्दै आएको छ भने प्रदेश सरकारको उपस्थिति पनि देखिदैन । स्थानिय सरकारको गतीले प्रदेश सरकार ओझेलमा परेको छ । सत्तारुढ दलकै नेताहरु प्रदेश सरकारको काम कर्तव्य माथी प्रश्न उठाइरहेका छन् ।

यता प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका प्रदेश सांसद देखी स्थानिय सरकारका प्रमुखहरु नागरिकको उद्धारका लागि सीमानामै खटिने गरेका छन् । प्रदेश सभा सदस्य कर्ण मल्ल, भरत खड्का लगायतको टोली भारतबाट आएका नेपालीहरुको उद्धार र राहत वितरणमा गौरीफण्टा नाकामा खटिदै आएको छ । यस अघि नेपाली काँग्रेसबाट निर्वाचित अन्य सांसदहरु पनि सीमानामा खटिदै आएका छन् ।

सीमानामा पुग्ने नागरिकले प्रदेश सरकारको खोजी गरिरहेका बेला प्रदेशमा पनि सरकार छ सांसद छन्, मन्त्री छन्, भन्ने भान होस् र प्रवासमा दुःख भोग्दै नेपाल प्रवेस गरेका नागरिकहरुले राहत महसूस गरुन भनेर उनिहरुको व्यवस्थापनका लागि सीमानामा खटिने गरेको प्रदेश सभा सदस्य खड्काले बताए ।

शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी पनि सीमानामै पुगेर नागरिकको उद्धार कार्यमा जुटेका छन् । आफ्ना धेरै नागरिकहरु भारतमा मजदुरी गर्ने भएकाले उनिहरुको दुःख पीडामा साथ दिनु उनिहरुको जीवन रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउदै नगर प्रमुख जोशीले आफु जनताको सेवक भएका कारण उनिहरुको सेवामा तल्लीन भएको बताए । उनले अहिलेको अवस्थामा विकास भन्दा पनि जनताको स्वास्थ्य कसरी जोगाउने भन्ने चिन्ता रहेको बताउँदै कोरोना संगको लडाइमा सबै एकजुट भएर लाग्नु पर्ने बताए । जोशीले भने,‘नागरिकहरु सीमानामा भोकै छन्, परदेशमा पिडामा छन्, अभिभावक खोजिरहेका छन्, सरकार खोजिरहेका छन् मैले नगरको कुर्सिमा बसिरहन उपयुक्त ठानेन र आफ्ना जिल्ला नगरका नागरिकको उद्धारका लागि सीमानामै पुगे ।’

जनप्रतिनिधि संगै सुदूरपश्चिम तथा डोटीमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम र राहत वितरणमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु खटिएका छन् । धेरै नेता कार्यकर्ताहरु सीमानामा पुगेर उद्धार कार्यमा जुटिरहेका छन् ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७७ जेष्ठ १७

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP