२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

बझाङमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

बझाङमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो ३२ वर्षीय प्रकाश विकको घरको कोठामा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनीसहित ९ जनालाई पक्राउ गरेको हो।

प्रहरीले घटनास्थलबाट रु. ५३ हजार ९९० नगद, खुला तास ९ गड्डी तथा नखोलेको तास १ बण्डल समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि जुवासम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ श्रावण ४

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP